पर्यटन मन्त्री भट्टराईले गरे सातै प्रदेशका मन्त्री-सचिव र महानगरका मेयरहरुसँग छलफल

तीनै तहको समन्वय, सहकार्य र समझदारीमा रणनीतिक योजनाहरु छनोट गरौं : मन्त्री भट्टराई


३ चैत्र २०७६, सोमबार
Yogesh Bhattarai With Province Minister

काठमाडौं, २ चैत :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटका लागि पर्यटन सम्बद्ध सातैवटा प्रदेशका मन्त्री, सचिव, महानगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसँग छलफल गरेका छन् ।

मन्त्री भट्टराईले पर्यटन मन्त्रालय अन्तरगतको आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट ‘समृद्ध नेपाल :  सुखी नेपाली’को लक्ष्य अनुसार तय गरेर प्रभावकारी बनाउन राणनीतिक छलफल गरेका हुन् ।

आइतबार मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा प्रदेश सरकार तथा स्थानीय तहका प्राथमिकताका आयोजना समेतका आधारमा सहकार्यका विविध पक्षमा मन्त्रालय र सातै प्रदेशको तर्फबाट प्रस्तुतिकरण भएको थियो । कार्यक्रमको सुरुमा मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले मन्त्रालयको योजना र रणनीति बारेमा प्रस्तुतीकरण गरेका थिए ।

यसपछि सातैवटा प्रदेशका सचिवहरुले सम्बन्धित प्रदेशको पर्यटन क्षेत्रको सम्भावना, साझेदारीका परियोजना र भावी कार्यक्रम बारेमा प्रस्तुती राखे । सबै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवहरुले सम्बन्धित प्रदेशको पर्यटन क्षेत्रको सम्भावना, साझेदारीका परियोजना र भावी कार्यक्रमको बारेमा प्रस्तुती राखेका हुन् ।

तीनैवटा सरकारबीच समन्वय, सहकार्य र समझदारी जरुरी :  मन्त्री भट्टराई

Yogesh Bhattarai

कार्यक्रममा मन्त्री भट्टराईले मन्त्रालय अन्र्तगतका योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तिनै सरकारबिच समन्वय, सहकार्य र समझदारीमा जोड दिए ।

मन्त्रालयले नीति कार्यक्रम तथा बजेट छनोट गर्दा सबै तहका सरकारसँग समन्वय गर्ने बताए । योजना छनोट तथा लगानीमा पनि सबै तहसँग समन्वय र सहकार्य गरिने उनको भनाई छ । भने, ‘सयुक्त लगानी र प्रतिफलका लागि सबै तहबीच समन्वय, सहकार्य र समझदारी गरेर जानुपर्छ ।’

मन्त्री भट्टराईले ‘समृद्ध नेपाल : सुखी नेपाली’को वर्तमान सरकारको लक्ष्य प्राप्त गर्न पर्यटन क्षेत्रको विकास अनिवार्य रहेको भन्दै प्रदेश सरकारसँग सहकार्यमा सवै प्रदेशमा कम्तिमा एक एक वटा रणनीतिक आयोजनाहरु तय गरिने बताए । मन्त्री भट्टराईले प्रदेश सरकारले आन्तरिक पर्यटन प्रबद्र्धन, स्थानीय सरकारले स्थानीय पर्यटन प्रबद्र्धन र संघीय सरकारले अन्तराष्ट्रिय पर्यटन प्रबद्र्धनमा गर्ने गरी योजना बनाउन पर्नमा जाेड दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पर्यटन क्षेत्रको एकीकृत विकासको लागि अवलम्बन गर्न सकिने उपायहरुको बारेमा चर्चा गरे । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले नेपालको समग्र पर्यटन क्षेत्रको विकास, पन्ध्रौं योजनाले यस क्षेत्रमा लिएको लक्ष्य तथा रणनीतिबारे बोलेका थिए ।

राम्रो अभियानको सुरुवात भयो :  प्रदेश मन्त्रीहरु

कार्यक्रममा सहभागी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रीहरुले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय अभाव भइरहेको बेला समन्वय गोष्ठी आयोजना गरेर मन्त्री भट्टराईले राम्रो अभियानको सुरुवात गरेको भन्दै प्रशंसा गरे । उनीहरुले बजेटलाई छरपष्ट गर्नुभन्दा तीनै सरकारबीच समन्वय गरेर दिर्घकालिन महत्वको रणनीतिक पर्यटकीय योजनाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । पर्यटन बिकासको लागि पर्यटन भौतिक पूर्वाधार पहिलो शर्त रहेको भन्दै उनीहरुले भौतिक पूर्वाधार निर्माणमा जोड दिए ।

प्रदेश नम्बर एकका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैत, प्रदेश नम्बर २ का रामनरेश राय, वागमती प्रदेशका अरुणप्रसाद नेपाल, गण्डकी प्रदेशका विकास लम्साल, प्रदेश नम्बर ५ का लिला गिरी र कर्णाली प्रदेशका नन्दसिहं बुढाले आफ्नो प्रदेशको अवस्था र योजनाको बारेमा राखेका थिए ।

उनीहरुले यस मन्त्रालयबाट भएको समन्वयात्मक गोष्ठीबाट सकारात्मक प्रभाव पर्ने, बजेट तर्जुमा गर्नुअघि भएका यस्ता कार्यक्रम भावी योजना बनाउन अत्यन्त उपयोगी हुने बताए । कार्यक्रममा काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य, ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु मर्हजन, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायत थिए ।

छलफल कार्यक्रमका तस्बिरहरु :

Yogesh Bhattarai and Province team

Yogesh Bhattarai and Kedhar Bahadur adhikari

Arun Nepal
वागमती प्रदेशका मन्त्री अरुण नेपाल
Bikash Lamsal
गण्डकी प्रदेशका मन्त्री विकास लम्साल
Jagadish Prasad Kusiyat
प्रदेश नम्बर एकका मन्त्री जगदीश प्रसाद कुसियैत
Lila Giri
प्रदेश नम्बर ५ का लिला गिरी
Nand Singh Buda
कर्णाली प्रदेशका नन्द बहादुर बुढा
Ram Kumar Phuyal
योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल
Ram Naresh Raya
प्रदेश नम्बर २ का रामनरेश राय

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७