फेरि घट्यो पेट्रोल,डिजेल र मट्टितेलको मूल्य


३ चैत्र २०७६, सोमबार
nepal oil negam

काठमाडौं, ३ चैत :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २-२ रुपयाँका दरले मूल्य घटाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ। अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ।

निगमका अनुसार घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ । दुई साताअघि पनि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।


पोखरा र दाङ डिपोमार्फत जाने मट्टितेल र डिजेलको खुद्रा मूल्य ९४ रुपैयाँ ५० पैसा तोकिएको छ। थानकोट, सुर्खेत र दिपायलमार्फत ढुवानी हुने डिजेल, मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७