सशस्त्र द्वन्द्वमा दुई हजार ५०६ व्यक्ति वेपत्ता, सबैभन्दा बढी बर्दियाका (सूचीसहित)


४ चैत्र २०७६, मंगलवार
satya

काठमाडौं, ४ चैत । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका दुई हजार ५०६ जनाको नाम सार्वजनिक गरेको छ ।

सरकारद्वारा द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २०५२ सालपछि १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची मंगलबार सार्वजनिक गरेको हो ।

bepatta list 9dNrZSFcta

राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै दुई हजार ५०६ जनाबारे उजुरी परेको आधारमा वेपत्ताहरुको नाम सार्वजनिक गरिएको आयोगका सूचना अधिकारी निराजन अधिकारीले जानकारी दिएका छन् । आयोगले सार्वजनिक गरेको वेपत्ताको सूचीमा सबैभन्दा बढि बर्दियाका छन् । उक्त जिल्लाबाट २५४ जना वेपत्ताको सूचीमा छन् । मनाङ र मुस्ताङबाट भने उजुरी नपरेको आयोगले जनाएको छ ।

वेपत्ताहरुको नाम सार्वजनिक गरेसँगै आयोगले उजुरीमाथि छानविन र वयानको काम गर्नेछ । त्यसक्रममा परिपुरण तथा एण्टीमोटम फाराम भराउने काम अघि बढाउने आयोगको तयारी छ । ‘यो सँगै आगामी साउन महिनाबाट पीडकसँगको बयान, सव उत्खनन र डिएनए परीक्षणको काम अघि बढाउने कार्ययोजना छ’, सूचना अधिकारी निराजन अधिकारीले बताएका छन् ।
हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७