सिटिजन्स बैंकद्वारा श्री भृकुटी माध्यमिक विद्यालयलाई सहयोग प्रदान


४ चैत्र २०७६, मंगलवार
citizen csr Z4Opcqzjat

काठमाडौं, ४ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोहन्याल शाखाद्धारा मोहन्याल गाउँपालिका वडा नं। ४ खिमडी स्थित श्री भृकुटी माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका छात्रछात्राहरुको पठनपाठनमा मदत हुने हिसाबले एक लाख आर्थिक सहयोग प्रदान गरेको छ ।


एक कार्यक्रम गरी बैंकले मोहन्याल शाखाका कर्मचारीहरु तथा विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, विद्यार्थी, अभिभावकको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको छ । विद्यार्थीको सर्वाङ्गिण बिकासमा शिक्षाले ठूलोे भुमिका खेल्ने भएकोले गर्दा सो कुरालार्ई ध्यानमा राखी यस बैंकले यो सहयोग गरेको छ ।


नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ ।


भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७