राजपाको संयोजकमा भण्डारी


५ चैत्र २०७६, बुधबार
sarad singh

काठमाडौं, ५ चैत । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारीले जिम्मेवारी सम्हालेका छन् । अध्यक्ष मण्डलको मङ्गलबार भएको बैठकको निर्णयअनुरुप भण्डारीले राजपाको नेतृत्व लिएका हुन् ।

राजपाको पार्टी एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीमा नेतृत्व फेरिने परम्परा अनुरुप हरेक दुई महिनामा नेतृत्व परिवर्तन हुन्छ । अध्यक्ष मण्डलका छ नेताले पालैपालो नेतृत्व सम्हाल्दै आएका छन् । यसअघि महेन्द्रराय यादव राजपा अध्यक्ष मण्डलको संयोजक थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७