नेपाल र इङ्ग्ल्याण्डबीचको खेल स्थगित


५ चैत्र २०७६, बुधबार
anfaa DjrS29N8tu K4RfBHLgz2

काठमाडौं, ५ चैत । नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगन भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण इङ्ग्ल्याण्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगन भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । एन्फाका अनुसार अर्को मिति तय नभएसम्म उक्त खेल स्थगन भएको हो । मैत्रीपूर्ण खेल आगामी जेठ १२ गतेका लागि तय भएको थियो ।

गत माघमा एन्फा र इङ्ग्ल्याण्डको फुटबल एशोसिएशन (एफए) सँग दुई मैत्रीपूर्ण खेल खेलाउने सम्झौता भएको थियो । दोस्रो मैत्रीपूर्ण खेल भने सन् २०२१ मा नेपालमा नै हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७