कोरोना आशंका गरिएका युवकले गरे अस्पतालको छतबाट हामफलेर आत्महत्या


६ चैत्र २०७६, बिहीबार
merlin 168078303 f8d80d84 fa08 44ec ab43 eadc5844e38a superJumbo

नयाँदिल्ली, ६ चैत । कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले भारतमा अस्पतालको छतबाट हामफालेर आत्महत्या गरेका छन् ।

दिल्लीस्थित सफदरगन्ज अस्पतालको आइसोलेसन वार्डमा राखिएका एक बिरामीले बुधबार राति हामफालेर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार राति ९ बजेतिर अस्पताल भर्ना गरिएका २३ वर्षीय युवकले अस्पतालको सातौं तलबाट हामफालेका हुन् । एक वर्षदेखि अस्ट्रेलियाको सिड्नीमा बसेका ती युवक एयर इन्डियाको फ्लाइटबा दिल्ली आइपुगेका थिए ।

उनी पन्जाबको नागपुरस्थित घर हिंडेका उनको टाउको दुखेपछि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरिएको थियो । त्यहाँबाट उनलाई कोरोना आशंकामा सफदरगन्ज अस्पताल पठाइएको थियो ।

बुधबार राति त्यही अस्पतालको सातौं तलाबाट हामफालेर उनले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७