केपी ओली झापा ५ बाट सर्वसम्मत उम्मेदवार


१८ आश्विन २०७४, बुधबार

झापा १८ असोज : एमाले झापाले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि उम्मेदवार छनोट सुरु गरेको छ । अध्यक्ष केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय कमिटीले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

KP sharma oli

स्थायी समितिले निर्धारण गरेको विधि, प्रक्रिया र मापदण्डअनुसार सोमबारबाटै प्रदेश सभा निर्वाचन समन्वय कमिटी र प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटीले सुझावसहित सिफारिस सुरु गरेको हो । झापाको पाँचवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि सम्बन्धित कमिटीको बैठकले जिल्लामा नाम सिफारिस गरिसकेका छन् ।

क्षेत्र नम्बर १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नम्बर २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नम्बर ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नम्बर ४ बाट लालप्रसाद ९एलपी० साँवा र क्षेत्र नम्बर ५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत सिफारिस गरिसकेको एमाले झापाका सचिव मदन अधिकारीले बताए । प्रदेश सभाका उम्मेदवार पनि बुधबारसम्ममा सर्वसम्मत सिफारिस गर्ने योजना रहेको उनले जानकारी दिए ।

१० वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ (क) र (ख)का लागि डिल्लीराम घिमिरे, असारु राजवंशी, विष्णु प्रसाईं, नीलकण्ठ तिवारी, शारदा शर्मा, अर्जुन पौडेललगायतको नाम चर्चामा छ । यस्तै, क्षेत्र नम्बर २ (क) र (ख)का लागि रोमणि भट्टराई, जसमाया गजमेर, बृख प्रधान, कुसुम राई, एकराज कार्की, ज्ञानुराम प्रसाईं, प्रेम सिटौलालगायतको नाम चर्चामा छ ।

क्षेत्र नम्बर ३ (क) र (ख)मा नारायण पोखरेल, सन्तलाल मेचे, पदमबहादुर थापा, माधव विद्रोहीलगायत ४ (क) र (ख)मा धनबहादुर थेबे, रोशन थोप्रा, राधाकृष्ण खनाल, अमृता राईलगायत चर्चामा छन् । क्षेत्र नम्बर ५ (क) ५ (ख)का लागि अर्जुन राई, होमबहादुर थापा, सुमित्रा भण्डारीलगायतको नाम चर्चामा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७