सामान्य कसुरका थुनुवालाई रिहा गर्ने सरकारको तयारी


६ चैत्र २०७६, बिहीबार
Griha Mantralaya Home Ministry

काठमाडौं, ६ चैत । सरकारले जघन्य अपराधका आरोपीबाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको छ ।

कोभिड–१९ (कोरोना भाइरस)का सङ्क्रमण नफैलियोस भनेर सरकारले गम्भीर अपराध बाहेक लागुऔषध दुव्र्यसनी, अभद्र व्यहारलगायतका कसुरमा थुनामा रहेकालाई रिहा गर्ने तयारी थालेको हो ।

यसका लागि महान्यायाधिवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई छलफलका लागि बोलाएको छ । यसबारे महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयबीच छलफल हुन थालको हो।बुधबार मात्रै सरकारले २५ जनाभन्दा बढी फेला हुन पाउने गरी निर्देशन दिएको थियो ।


बिहीबार मात्रै प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले पनि सरकारलाई नीतिगत निर्णय गरेर कैदीबन्दी घटाउन सरकारलाई निर्देशन दिएको छ।

कारागार तथा बालगृह अनाथलयहरुमा मानिसहरुको भीडभाड भएकाले त्यसको संख्या घटाउन के–के गर्न सकिन्छ भनेर गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७