कोरोनाभाइरस संकट : यी अत्यावश्यक सेवा खुल्नेछन्, यी बन्द हुनेछन् 


७ चैत्र २०७६, शुक्रबार
nayapage

काठमाडौं, ७ चैत :  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको जोखिमबारे राष्ट्रका नाममा सम्बोधन गर्दै राजपत्रमा प्रकाशित अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले यही चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरेका हुन् ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गरे ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

राजपत्रमा प्रकाशन गरिए अनुसारका यी हुन् वन्द हुनेछैन :

 डाँक तार वा टेलिफोन सेवा

 जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा (हवाइ अड्डा ,हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत  गर्ने कामसँग सम्बन्धित सेवा

 हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा

 प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा

 हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा

 सञ्चार सेवा

 आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

 खानेपानीको सञ्चालन तथा वितरण सेवा

 पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा

 पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा

 अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवा जस्ता सेवाहरु)

 औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा

 फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार (निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा,

 बैंकिंङ सेवा

 बीमा सेवा

 विद्युत सेवा

 दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा।

 मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा

बन्द नहुने सेवा
बन्द नहुने यी सेजा 
 

निम्न सेवा बन्द हुनेछन् :-

 
  • नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।

  • सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने छ ।

  • देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

  • आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।

  • मानिसहरुको भीडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।

  • विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।

  • महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु चाल्न सकिने छ ।

 

(प्रधानमन्त्रीको सम्वोधनबाट) 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७