नर्भिक अस्पतालले भन्यो, ‘कोरोना संक्रमित बिरामी भेटिएकै छैनन्’


८ चैत्र २०७६, शनिबार
norvik hospital

काठमाडौं, ८ चैत । काठमाडौंस्थित नर्भिक अस्पतालमा अहिलेसम्म आफ्नोमा अहिलेसम्म कोही कोरोना भाइरस संक्रमित भेटिएको स्पष्ट पारेको छ ।

‘शनिवार बिहानैदेखि नै फेसवुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा आठ जना कोभिड–१९ का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएकोप्रति आफूहरु आश्चर्य–चकित भएको’ अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले राष्ट्रमा आइपरेको जटिल र संवेदनशील समस्यामा सबै निकाय एक जुट भई समस्यासँग लड्नुपर्ने चुनौतीपूर्ण अवस्थामा यस्ताखाले भ्रामक समाचारको पछि नलाग्न अनुरोध समेत गरेको छ ।

‘फेक न्यूज’ प्रति खेद प्रकट गर्दै उनले यसखाले अपराधपूर्ण अफवाहको कडा निन्दा समेत गरेका छन् । उनले थपे, ‘हालसम्म नर्भिकमा कोभिड–१९ का कुनै पनि विरामी पत्ता लागेका छैनन्, यसमा हामी सवै निश्चिन्त र प्रष्ट हुनुपर्छ । तसर्थ, त्यस समाचारमा कुनै पनि सत्यता नभएको हामी प्रष्ट पार्दछौं ।’ अस्पतालले भ्रम फैलाउनेप्रति कडा कारबाहीको माग समेत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७