हेलिकप्टरबाट किटनासक छर्ने समाचार झुठो हो : नेपाली सेना


८ चैत्र २०७६, शनिबार
Nepal army headquarter

काठमाडौं, ८ फागुन : नेपाली सेनाले हेलिकप्टरबाट किटनासक औषधि छर्ने समाचार खण्डन गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपाली सेनाले हेलिकप्टरबाट औषधि छर्ने कुनै योजना नबनाएको सेनाको भनाई छ ।

शनिबार विभिन्‍न सामाजिक सञ्‍जालहरुमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी आकाशबाट कोभिड(१९ विरुद्ध किटनासक औषधि छोडिने सूचना फैलाइएपछि सेनाले शनिबार विज्ञप्तिमार्फत प्रस्ट पारेको हो ।

शनिबार एक विज्ञप्ती सार्वजनिक गर्दै नेपाली सेनाले उक्त विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। सेनाले विज्ञप्तीमा भनेको छ,‘हेलिकप्टर प्रयोग गरि किटनासक औषधी छाड्ने कुनै योजना नभएको जानकारी गराइन्छ। तसर्थः हालको संवेदनशिल घडीमा यस प्रकारको भ्रामक, झुठो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गहरुमा हार्दिक अनुरोध गर्दछ।’


सेनाले कोभिड-१९ को उच्च जोखिमलाई मध्यनजर गर्दै आन्तरिक रुपमा भाइरसको रोकथाम र सम्भावित महामारीविरुद्ध न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी भने सुरु गरेको जनाएको छ ।

रक्षा मन्त्रलयले निकालेको प्रेस बिज्ञप्ति

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७