वायुसेवा कम्पनी भाडा पुनर्विचार गर्न तयार


९ चैत्र २०७६, आईतवार
flight CTNJ2jkLW0

काठमाडौं, ९ चैत । आन्तरिक हवाई सेवामा अकस्मात् भाडा बढाएको भन्दै विरोध भएपछि वायु सेवा सञ्चालक तथा कम्पनीहरू भाडा पुनर्विचार गर्न तयार भएका छन् । हवाई यात्रु घटेसँगै भाडा घटाएका विमान कम्पनीले अहिले यात्रुको चाप बढेपछि पुरानै भाडा लिन शुरू गरेका थिए ।

हवाई भाडाको विषयमा गुनासाहरू आएपछि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले शनिवार वायु सेवा सञ्चालकहरूसँग छलफल गरेका थिए । छलफलमा सञ्चालकहरू भाडादर घटाउन सहमत भएका हुन् ।

कोरोनाका कारण विदेशी पर्यटक नआएपछि वायुसेवा कम्पनीहरूले केही दिन अगाडिसम्म हवाई भाडा सस्तो बनाएका थिए ।

तर, हालै सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाउनुका साथै अत्यावश्यक सेवा प्रदायक बाहेक अन्य कार्यालय बन्द गर्ने निर्णय गरेपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा हुन् ।

यसरी भाडा बढाएपछि सामाजिक सञ्जाललगायत माध्यमबाट त्यसको विरोध भइरहेको थियो । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७