भारतबाट नेपाल भित्रिने पश्चिमी जमुनाह नाका बन्द


९ चैत्र २०७६, आईतवार
jamunaha 1

बाँके, ९ चैत । भारतबाट नेपाल भित्रिने पश्चिमी नेपालको संवेदनशिल बाँकेको जमुनाह नाका एक साताका लागि बन्द गरिएको छ ।

कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न आजबाट रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिएका छन् । उनले भने, ‘सामानहरु आउँछन् तर यात्रुहरु आउन–जान पाउँदैनन् ।’

प्रजिअ खड्काले अत्यावश्यक सेवामा भने रोक नलगाइने बताएका छन् । भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीहरुबीच आइतबार छलफल भएको थियो । छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी खड्का र बहराइचका डिस्ट्रिक मजिस्ट्रेट (डीएम) सहभागी थिए ।

यसअघि दुवै देशका अधिकारीहरुबीच नेपालगञ्जमा भएको बैठकले जमुनाहा नाकाबाट आवत–जावत गर्नेहरुको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो ।

भारतसँग जोडिएको खुल्ला सीमानाबाट दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि त्यहाँ कार्यरत नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७