घरबेटीलाई तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्ने आग्रह


९ चैत्र २०७६, आईतवार
gharbada samaj

काठमाडौं, ९ चैत । भाडावाला सरोकार समाज नेपालले आफ्नो आर्थिक क्षमता हेरेर तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्ने आग्रह गरेको छ ।

समाजले कोरोना भाइरसको सन्त्रासको प्रभाव नेपालमा समेत परिरहेको अवस्थालाई मध्येनजर गरी घरभेटीले आफ्नो आर्थिक क्षमता हेरेर तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्नुपर्नेमा जोड दिएको हो ।

घर बहालमा बस्नेहरु अहिले ठूलो मर्कामा परेको समाजको निष्कर्ष छ । आइतबार काठमााडौंमा पत्रकार स्म्मेलन गर्दै समााजले अहिलेको अवस्थालाइ आत्मसात गर्दै सरकारले तत्कालै यसतर्फ ध्यान दिनुपर्ने र मानवताका हिसाबले केही समय घरबहाल मिनाहा गर्नुपर्ने माग गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालले समेत सचेतना अपनाइरहेको बेला देशको सम्पूर्ण कामकारबाही ठप्प भैसकेको समेत समाजले ठहर गरेको छ । भाडावाला सरोकार समाज नेपालले सरकारसंग विभिन्न ७ बुँदे माग अघि सारेको छ ।

जसमा कोरानोको प्रभाव अन्त्य नभईन्जेलसम्मको घरभाडा मिनाहा गरिनुपर्ने, बैंक तथा वित्तिय संस्थाको ब्जाज मिनाहा गरिनुपर्ने, स्कुल तथा कलेजको फि मिनाहा गरिनुपर्ने, आपत्कालिन अवस्थामा कालोबजारी तथा भ्रष्टाचार गर्नेहरुलाई कडाभन्दा कडा कारवाही गरिनुपर्ने लगायतका छन् ।

याे पनि पढ्नुहाेस्
घरभाडा छुट दिने शुष्मा राईको घोषणा

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७