कोरोना संक्रमण फैलिन नदिन डोटीमा भोलिदेखि कफ्र्यू


१० चैत्र २०७६, सोमबार
jilla prasasan karyalaye doti

डोटी, १० चैत । जिल्ला प्रशासन कार्यालय डोटीले मंगलबारदेखि निषेधाज्ञा (कफ्र्यू) जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीले सोमबार एक बिज्ञप्ती जारी गर्दै विश्वभरि फैलिएको कोरोना भाइरस ९कोविड–१९० को संक्रमण फैलिन नदिन भन्दै निषेधाज्ञा जारी गरिएको छ ।

प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० अनुसार मंगलबार बिहान १० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको अवधीभर आपतकालीन र अत्यावश्यक काम बाहेक घरबाट बाहिर हिँडडुल नगर्न बिज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

सोमबार जिल्ला सुरक्षा समितिको बैठक बसेपछि जिल्ला प्रशासन कार्यालयले उक्त निषेधाज्ञा जारी गरेको हो ।

doti
भोजनालय, खाद्यान्न तथा फलफूल, एवं तरकारी, औषधी पसल लगायत अस्पताल तथा स्वास्थ्य केन्द्रहरु, मावबाहक सवारीका साधनहरु, सरकारी छापाखाना र सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी वितरण, पेट्रोलियम पदार्थको वितरण, फोहरमैला संकलन तथा ढुवानी एवं विद्युत सेवा वाहेकका अन्य सबै सेवा बन्द गर्ने निर्णय बैठकले गरेको छ ।

निषेधाज्ञाको उलंघन भए स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुने बताएको छ । ऐन अनुसार त्यस्तो आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रूपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७