कोरोनाबाट जिम्बाब्वेका ३० वर्षीय टिभी पत्रकारको गयो ज्यान


११ चैत्र २०७६, मंगलवार
zororo makamba

काठमाडौं, ११ चैत । कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणबाट जिम्बाब्वेमा ३० वर्षीय टेलिभिजन पत्रकारको ज्यान गएको छ । उनी कोरोना भाइरसका कारण जिम्बाब्वेमा ज्यान गुमाउने पहिलो व्यक्ति पनि हुन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पत्रकार जोरोरो माकम्बालाई गएको बिहीबार अस्पताल भर्ना गरिएको र सोमबार ज्यान गएको जिम्बाब्वेका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् । ती पत्रकार निमोनियाका समेत बिरामी थिए । यस्तै गएको वर्ष उनको छातीबाट ट्युमर पनि निकालिएको थियो ।

ज्यान गुमाउने माकम्बाका साथी बिम्बई मुथिनहिरीले भनेकी छिन्, ‘उनी मेरो भाइ जस्तै थिए र अफ्रिकाको आउँदो पुस्ताको बारेमा खुब ध्यान दिन्थे, तर हामीले उनलाई गुमाएका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७