पाकिस्तानमा तीन पत्रकार कोरोना संक्रमित


१३ चैत्र २०७६, बिहीबार
korona 7 scaled

इस्लामाबाद, १३ चैत । पाकिस्तानमा तीन जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

दुई निजी मिडिया हाउसमा कार्यरत तीन पत्रकारलाई संक्रमणले भेटेको बताइएको छ । उनीहरु लाहोरको भएको बताइए पनि नाम सार्वजनिक गरिएको छैन ।

दुई मिडियामध्ये एकका सिइओ मोहसिन नकवी भएको स्वीकार गरेका छन् । साथै मिडियामा अरुलाई पनि संक्रमण भएको हुनसक्ने सम्भावना बारे अनुसन्धान गरिरहेको र केहीलाई क्वारेन्टाइनमा राखिएको बताएका छन् ।

यसबाहेक अखिल पाकिस्तान पत्रपत्रिका कर्मचारी संगठनका अध्यक्ष सिद्धिकी अन्जरले अरु थप तीनजना रिपोर्टर पनि संक्रमित भएको दावी गरेका छन् । जसमध्ये दुई पन्जाब र एक कराँची बस्दै आएका छन् । अन्जरले पनि रिपोर्टरहरुका लागि सेफ्टी किट नभएको गुनासो गरेका छन् ।

कोरोना भाइरस रोकथामका लागि दक्षिण एसियाका खराब मुलुकमध्ये पाकिस्तान पनि एक हो । जहाँ एक हजार जति मानिस संक्रमित छन् भने सात जनाको मृत्यु भइसकेको छ । अरु १८ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसका कारण विश्वभर १७ हजारकमो मृत्यु भएको छ भने ३ लाख ९८ हजारलाई संक्रमणले भेटेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७