स्पेनमा पनि कोरनाबाट मर्नेको सङ्ख्या चीनमा भन्दा बढी


१३ चैत्र २०७६, बिहीबार
corona deaths

काठमाडौँ, १३ चैत (एजेन्सी) । चीन हुँदै युरोपका देशमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट स्पेनमा मर्नेहरूको सङ्ख्या चीनको भन्दा धेरै पुगेको छ । स्पेनमा कुल ३४ सय मानिसले कोभिड–१९ का कारण ज्यान गुमाएका छन् । यो आकंडा चीनको भन्दा त्यो १५० जनाले धेरै हो ।

spain corona update

स्पेनमा त्यहाँ बितेको एक दिनमा थप ७३८ जनाको मृत्यु भयो । चीनमा ८१ हजारमा सङ्क्रमण फैलिए पनि ज्यान गुमाउनेको सङ्ख्या ३२ सयभन्दा केही बढी बताइएको छ ।   कोरोनाका कारण सबभन्दा धेरै इटलीमा मरेका छन् । त्यहाँ सात हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् ।

स्पेनमा काेराेनाबाट ४९५१५ जना संत्रmमित भएको छन् । ४ प्रतिशले बृद्धि भइरहेको छ ।

स्पेनकी उपप्रधानमन्त्री कार मेन काल्भोलाई पनि भाइरस सङ्क्रमण देखिएको छ । उनी अहिले अस्पतालमा उपचाररत छन् । स्पेनमा खासगरि राजधानी मड्रिड सबैभन्दा प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको छ ।

त्यहाँका सांसदहरूले देशमा लगाइएको आपत्कालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पुर्‍याउन मतदान गर्दै छन् । ती नियम अनुसार मानिसहरूलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । उनीहरू केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन् ।

image 1

विश्वभरिको पछिल्लो आँकडा अनुसार हालसम्म चार लाख साठी हजार मानिसमा सङ्क्रमण पाइएको छ । अहिलेसम्म २१ हजार २सय भन्दा धेरैको ज्यान गइसकेको छ ।  अहिलेसम्म एक लाख दश हजार जना भने निको भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७