हेलिप्याडसहितको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ३० शैंयाको क्वारेन्टाइन


१४ चैत्र २०७६, शुक्रबार
Grandi hospital

काठमाडौं, १४ चैत । कोभिड– १९ का सम्भावित विरामीको उपचार गर्न ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखाले ३० शैंयाको निगरानी कक्ष (क्वारेन्टाइन ) स्थापना गरेकोे छ ।

अस्पतालका अध्यक्ष दीपक कुँवरले अस्पतालमा रहेको विशेष सघन उपचार कक्षलाई क्वारेन्टाइन र कोभिड–१९ को उपचारका लागि प्रयोगमा ल्याउन लागिएको जानकारी दिए । ‘३० शैंयाको क्वारेन्टाइन वार्डलाई प्रत्येक दुई मिटरको दूरीमा राख्दा १९ शैंया तयारी अवस्थामा रहेको र बाँकी ११ शैंया पनि थप्न सकिन्छ’, उनले भने ।

सो अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयको निर्देशनअनुसार चैत ५ गतेदेखि नै छुट्टै ‘फिभर क्लिनिक’ सञ्चालनमा ल्याइसकेको तथा इन्फेक्शन कन्ट्रोलका लागि स्थापनाकालदेखि नै ‘इन्फेक्शन कन्ट्रोल डिपार्टमेन्ट’ स्थापना गरेको अध्यक्ष कुँवरले बताए ।

अस्पतालले विगतका दिनमा अफ्ठ्यारो परेको समयमा समेत बिरामीलाई उपचार गरेको बताउँदै उनले आगामी दिनमा पनि सरकारसँगको सहकार्यमा अस्पतालले काम गर्ने उल्लेख गरे ।

अस्पतालले सो भाइरसको उपचारमा सम्लग्न स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीलाई गाँस, बासका साथै विशेष आइसोलेशन कोठाको समेत व्यवस्था गरेको छ । टोखामा ६ वर्ष पहिले स्थापना भएको ग्राण्डी अस्पतालमा हेलिप्याड समेत रहेको छ ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले ग्राण्डी अस्पतालले क्वारेन्टाइन स्थापना गरेसँगै टोखा क्षेत्रमा कोभिड–१९ को सम्भावित जोखिमको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

टोखाले प्राथमिक स्वास्थ्य केन्द्र टोखामा समेत १० शैंयाको क्वारेन्टाइन निर्माण गरेको छ । यस्तै नगरपालिकाका प्रत्येक चोकमा हात धुन पानीको धारा जडान गरेको नगर प्रमुख अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७