घरभित्रै बसेर कोरोना भाइरसविरुद्धको लडाई‌मा साथ दिन प्रचण्डको आह्वान


१५ चैत्र २०७६, शनिबार
prachand

काठमाडौं, १५ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घरभित्रै बसेर कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको लडाई‌ं जित्न सरकारलाई साथ दिन आह्वान गरेका छन् । शनिबार प्रचण्डले भिडियो सन्देशमार्फत् जनतालाई घरमै बस्न र सुरक्षित रहन आग्रह गरेको हो ।

अध्यक्ष प्रचण्डले सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै आधिकारिक सूचनाले मात्रै जोखिमबाट जोगिन सकिने भएकाले सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्न सबैलाई अपिल गरे ।

प्रचण्डले जनता र सरकारले आवश्यक सावधानी अपनाएकोमा धन्यवाद दिँदै थप सावधानी अपनाउन आग्रह गरे ।भिडियो सन्देशमा प्रचण्डले भनेका छन्, ‘कोरोनाबाट बच्नका लागि साबुन पानीले हात धुने, सेनिटाइजनरको प्रयोग गर्ने, हात नमिलाउने, खोक्दा रुमालको प्रयोग गर्ने, आवश्यकता अनुसार मास्क प्रयोग गर्ने र सरकारले गरेको लकडाउनलाई पालना गर्दै घरबाट बाहिर ननिस्कन र अनुशासनमा रहन आम जनुसमुदायसँग अनुरोघ गर्दछु ।’ 

प्रचण्डले तीनै तहका सरकार र पार्टीका सदस्यहरुलाई यसविरुद्धको लडाईंमा सावधानीपूर्वक नेतृत्व गर्न आह्वान समेत गरे ।


प्रचण्डले दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्ने जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक सहयोग र राहत प्याकेजमा सरकारको ध्यान जाने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७