कोरोना भाइरसबाट जोगिन्न काठमाडौं महानगरका पसलमा सुरक्षा घेरा निर्माण


१५ चैत्र २०७६, शनिबार
Kathmandu mahanagar 1 scaled

काठमाडौं, १५ चैत। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण काठमाडौं महानगरपालिका वडा नं १५ का पसलमा गोलो सुरक्षा घेरा निर्माण गरेको छ । दैनिक उपभोग्य बस्तु बेचबिखन हुने पसलहरुमा ग्राहक विच सामाजिक दुरी कायम राख्न घेरा निर्माण गरिएको हो।

वडावासीको सुरक्षामा संवेदनशीलतालाइ धयानमा राख्दै वडा अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलको नेतृत्वमा नेपाली सेनाको रेन्जर गणका मेजर नानु खड्का ,नेपाल प्रहरी स्वयम्भुबृत्तका डिएसपी लालध्वज सुवेदी ,सशस्त्र प्रहरी बलका नायब उपरीक्षक गहेन्द्र भण्डारी सहित समाजसेवीहरुको सहभागिता रहेको थियो ।Kathmandu mahanagar 2 scaled

उक्त अवसरमा वडाका पसलमा १ मिटर दुरीमा घेरा तयार गरेको र ग्राहकहरुलाई सो नियम पालना गराउन र सुरक्षित बस्न व्यवसायीहरुलाई वडा कार्यालयले अनुरोध गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७