निगमको घुम्ती सेवा : दुई दिनमा २६० सिलिण्डर बिक्री


२० चैत्र २०७६, बिहीबार
gass n nepal oli nigam

काठमाडौं, २० चैत । नेपाल आयल निगमले अत्यावश्यक र साधारण उपभोक्तालाई ध्यानमा राखी टेकु कार्यालय र घुम्ती सेवामार्फत ग्याँस बिक्री गर्दै आएको छ । 

मंगलबार र बुधबार दुई दिनमा घुम्ती सेवा र टेकु कार्यालयबाट निगमका विभिन्न कम्पनीका २६०  सिलिण्डर वितरण गरेको छ ।

लकडाउन अवधिभरका लागि  निगमले साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरेर उपभोक्ताको आवश्यकतानुसार विभिन्न ग्याँस कम्पनीका सिलिण्डर वितरण गर्दै आएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार ८७  सिलिन्डर ग्याँस बिक्री गरिएको थियो  जसमा नेपाल ग्याँस ४१, एसटिसी २०, सुगम–एभरेष्ट ग्याँस १०, श्री–बाबा ६ र सगर ग्यास १० सिलिन्डर छन् । 

त्यस्तै बुधबार सात कम्पनीका १७३  सिलिण्डर बिक्री गरिएको छ । तिनमा नेपाल ग्याँस ७७, एसटिसी २८,  श्री १५, एभरेष्ट २३, सगर १४, बाबा १२ र शिवम् कम्पनीका चार सिलिण्डर बिक्री गरियो ।  

उपाध्यायका अनुसार उपभोक्ताको मागनुसार घुम्ती सेवामार्फत र अत्याश्यक हुनेलाई निगमको टेकु कार्यालयबाट ग्याँस बिक्री गरिएको छ ।  निगमले घुम्ती सेवा र टेकु कार्यालयबाट बेच्नका लागि विभिन्न कम्पनीका ३६० सिलिन्डर ग्याँस तयार पारेको थियो । सोअनुसार निगमसँग नेपाल ग्याँस ८०  तथा सुगम–एभरेष्ट, एसटिसी, बाबा–श्री र सगर ग्याँस ७०–७० थिए ।

निगमले बढ्न सक्ने सम्भावित माग ध्यानमा राखी नेपाल ग्याँस थप ८० एवं  एसटिसी, लुम्बिनी र सिद्धार्थ ७०-७० तथा मनोज, एचपी र गृहलक्ष्मीका ३५–३५ सिलिण्डर ग्याँस मगाएर मौज्दात समेत राखेको छ ।

gass

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७