‘प्रदेशीको जिन्दगी’ मुर्हत


१ माघ २०७४, सोमबार
pradeshiko jeewan kataa
`

काठमाडौं: फिल्म ‘प्रदेशीको जिन्दगी’ शुभआरम्भ भएको छ । आइतबार कमदीमा एक कार्यक्रम गरी फिल्मको शुभआरम्भ भएको हो । फिल्म विदेशमा बसोबास गर्ने नेपालीको जीवनमा आधारित रहेको निर्माता साथै कलाकार राजन गुरुङले जानकारी दिए ।

pradeshiko jeewan kataa
`

नेपालमा धेरै फिल्म प्रदेशीको कथामा निर्माण भए पनि वास्तविकता उतार्न नसकेको दाबी गरे । उनले भने, ‘विदेशीएका नेपालीहरूको कथामा धेरै फिल्म निर्माण भएका छन् । तर, कुनैले वास्तविकता पस्कन सकेका छैनन् ।’ गुरुङ नेपालमा अघिकांश फिल्म फ्लव हुने गरेको बताए । यसले नयाँ पुस्तामा प्रत्यक्ष असर पर्ने उनको दाबी छ । उनले नेपालको फिल्म निर्माता र निर्देशकहरूलाई कटाक्ष गर्दै भने, ‘नापेमा अघिकाशं फिल्म फ्लव हुँदै गएको छ । म नेपाली फिल्ममा नयाँ युग सृजना गर्ने छु ।’

बिचारपाटी मिडियाको प्रस्तुतिरहेको फिल्मको निर्देशन विचल किराँतीले गर्ने छन् । फिल्ममा राजन गुरुङ, ध्रुबराज अधिकारी , नमिता खड्का ,युनिषा तामाङ, सोहित मानन्धर , , शशिकला राई , सोताङ तीर्थ , रम्त मिया लगायतका कलाकारले अभिनय गर्ने छन् । चलचित्रमा सुरेन्द्र मल्ल र रेसम सुनारले सहायक निर्देशनको भूमिका निर्वाह गर्ने छन् । दिव्य राज सुबेदी र पवन गौतमले छायाँङन गर्ने छन् । भने, बुद्घ रार्इ र ओम सुनार को सङ्गीत रहने छन् । प्रियंका कार्कीले पनि अतिथि कलाकारको रूपमा अभिनय गर्ने छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७