हल खुल्ने छाँट नभएपछि निर्माताको रोजाइ युट्युब


२२ चैत्र २०७६, शनिबार
Youtube 20200404005612

काठमाडौं, २२ चैत । फिल्म हल खुल्ने छाँटकाँट नभएसँगै निर्माताको फिल्म रिलिजको रोजाइ युट्युब हुन थालेको छ ।

सबैभन्दा बढी फिल्म बुढासुब्बा डिजिटलले युट्युबमा अपलोड गरेको छ । उसले नेट टीभीको ‘भिडियो अन डिमान्ड’ प्लेटफर्ममा ‘लभ डायरी’, ‘पोइ पर्‍यो काले’, ‘ए मेरो हजुर ३’, ‘लभ यु हमेसा’ लगायतका पाँच फिल्म बुढासुब्बाले राखेको छ । यस्तै डिसहोमको ‘मुभी एन्ड डिमान्ड’ भन्ने च्यानलमा फागुुनबाट प्रदर्शनमा आएको ‘आमा’ फिल्म समेत बुढासुब्बाले राखेको छ ।

ओएसआर डिजिटलले ‘प्रेम दिवस’ तथा ‘अनुराग’ फिल्म युट्युबमा सार्वजनिक गरेको छ । उता यो समयमा सबैभन्दा बढी फिल्मको डिजिटलाइट किन्ने हाइलाइटले वर्ष दिन पहिले प्रदर्शन भएको ‘पञ्चैबाजा’ फिल्म युट्युबमा अपलोड गरेको छ । हाइलाइटले ‘बोबी’ फिल्म समेत युट्युबमा ल्याउने जनाएको छ ।

लकडाउन बढ्ने सम्भावना पनि उत्तिकै छ । त्यसैले डिसहोमले चैत २९ सम्म निःशुल्क सार्वजनिक गर्ने फिल्मको विवरण सार्वजनिक गरेको छ । उसले हैरान, छक्का पञ्जा २, झमक बहादुर, सिन्दूर, गोपी, चौका दाउ, राहदानी, जेरी, गाजलु, क्याप्टेन, माया प्रेम फिल्म सार्वजनिक गरिसकेको छ ।

डिसहोमले यो शनिबार हामी तीन भाइ, अल्लारे, ट्रक ड्राइभर आइतबार निसानी, बृन्दावन, रुन्द्र, कीर्तिपुर, सोमबार जेरी, ए सोल्टिनी, कलिउड, म त तिम्रो हो नि, मंगलबार भैरव, जय श्री दाम, अमेरिकन ब्वाइज र कर्कस, बुधबार मामाघर, अनुराग, जीवनलीला, पण्डित बाजेको लौरी, बिहीबार ट्रक ड्राइभर, बसमा छैन यो मन, यो मायाको सागर, शुक्रबार रानी तथा अर्को शनिबार धुम, सुपरस्टारलगायत फिल्म देखाउँदैछ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७