पार्टीलाई करेक्सन गरेर नवजीवन दिन पौडेलकाे देउवालाई आग्रह


१ माघ २०७४, सोमबार
Sher Bahadur Deuba and Ramchandra Paudel

काठमाडौँ : नेपाली कांग्रेका महामन्त्री सशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । सोमबार बिहान नेताद्वय प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई भेटेका उनीहरुले पार्टी केन्द्रीय समितीको बैठक बोलाउन माग गर्दे अहिले संकटमा रहेकोले करेक्सन गरेर नवजीवन दिन आग्रह गरे ।Sher Bahadur Deuba and Ramchandra Paudel

जवाफमा देउवाले सल्लाह गरेर बैठक बोलाउने बताउँदै पार्टीलाई सुदृढ गर्दै अघि बढाउनुको विकल्प नभएको बताएका थिए ।

उनीहरुले पार्टी केन्द्रीय समिति बैठक तत्काल बोलाउन आग्रह गर्दै विधि र विधान विपरित गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न देउवालाई भनेका छन् । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि समीक्षा गर्न भन्दै पार्टीमा केन्द्रीय समिति बैठक बोलाउन माग गरिरहेका छन् ।

यस अघि आइतबार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निकट केन्द्रीय सदस्यहरुको छुट्टै बैठक बसेको थियो । उनीहरुको भेलाले प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापति देउवालाई आग्रह गर्दै भेटेर कुरा गर्ने जिम्मा पौडेललाई दिएको थियो ।

पौडेल पक्षीय युवा केन्द्रीय सदस्यहरुको सक्रियतामा आइतबार राजधानीमा भएको भेलाले सभापति देउवाले बैठक बोलाउन विलम्ब गरेर हस्ताक्षर अभियान चलाउने निष्कर्ष समेत निकालेको थियो। उनीहरुले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार टुंगो केन्द्रीय समितिबाटै लगाउनुपर्ने माग गरेका थिए।

यस्तै काँग्रेस आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीको आन्तरिक गृहकार्य शुरु गरेको छ । पार्टीका शीर्ष नेताले आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्यलगायत विषयमा प्रारम्भिक छलफल गरेको पार्टी कार्यालयले गरेका छन् । छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७