नायक पल शाह र आँचल शर्मालाई जोगाउन भारतीय प्रहरीलाई हम्मे–हम्मे
काठमाण्डौं : दार्जिलिङमा सुरक्षाकर्मीको घेराभित्र पल शाह र आँचल शर्मा परेका छन् । दार्जिलिङ पुलिसले आयोजना गरेको म्याराथनमा नेपालबाट अतिथि बनेर पुगेका नायक पल र नायिका आँचललाई फ्यानहरुबाट जोगाउन भारतीय प्रहरीलाई मुस्किल परेको छ ।
बिहान म्यारथनको स्टेज पुगेदेखि पल नाम लिंदै उनका फ्यानहरु स्टेज चढेका थिए । भिडलाई थाम्न नसकेपछि दार्जिलिङ पुलिसका डिएसपी सिद्धार्थ दोर्जी ट्राफिक प्रमुख दोर्जे शेर्पा र सब इन्निसपेटर मिलन गुरुङ्गले ५० भन्दा बढी प्रहरीको साथमा पललाई मुस्किलले होटलसम्म पुयाएको थिए । दुई दिनसम्म दार्जिलिङ बसेका पललाई त्यहाँ निकै रुचाइएको छ । दार्जिलिङ ट्राफिक पुलिसका प्रमुख शेर्पाले भारतीय कलाकार आउँदा भन्दा नेपाली कलाकार पल शाह र आँचल शर्मा आउँदा दर्शक र फ्यानको साचो देखिएको बताए ।