कुटनीतिक नम्बरको गाडीमा थर्माे गनको कालोबजारी, काउन्सलर अग्रवाल पक्राउ


२५ चैत्र २०७६, मंगलवार
Sulav Agrawal

काठमाडौं, २५ चैत । नेपालमा कोरोना महामारीको अवसरलाई छोपेर व्यापारीहरुले कालोबजारी गरिरहेको गुनासो आइरहेका छ ।

कोरोनाको मौका छोपेर व्यापारीले मात्र होइन एक जिम्मेवार व्यक्तिले समेत कमाउ धन्दा चलाइरहेको घटना बाहिर आएको छ । महानगरीय अपराध महाशाखाको विशेष टोलीले मंगलबार ६७ थान थर्माे गन प्रतिगोटा १५ हजारका दरले १० लाख रूपैयाँमा बेच्न कुटनीतिक गाडीमा आएका किर्गिस्तानका लागि नेपालका अनररी काउन्सलर सुलभ अग्रवाललाइ पक्राउ गरेको छ ।

प्रहरीले कुटनीतिक नम्बर प्लेटको २०९–एचसीसी–१ नम्बरको गाडीमा ज्वरो नाप्ने यन्त्रको कालोबजारी गरिररहेको अवस्थामा अग्रवाललाइ पक्राउ गरेको हो । उनका साथबाट ६७ थान थर्माे गन समेत बरामद भएको छ ।

जगदम्बा सिमेन्ट, जगदम्बा छड र धागो उद्योगका मालिक समेत रहेका अग्रवाललाई नक्साल क्षेत्रबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । २०९ एचसीसी १ नम्बरको गाडीमा थर्मल गन बेच्दै हिडेको अवस्थामा महाशाखाले फेला पारेको हो ।

गत साता नेपाल वायुसेवा निगमको वाइडबडी जहाज प्रयोग गरी केहि व्यापारीले चीनबाट सामग्री ल्याएका थिए । सोही जहाजमा शंकर ग्रुपले पनि स्वास्थ्य सामग्री ल्याएको पाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७