प्रभु बैंकद्वारा अछाममा औषधि तथा खाद्य सामाग्री वितरण


२८ चैत्र २०७६, शुक्रबार

काठमाडौं, चैत २८ । कोरोनाभाइरसको सबैभन्दा जोगिम मानिएको क्षेत्र सुदुरपश्चिमको अछाममा प्रभु बैंकले राहत सामाग्री बितरण गरेको छ ।

अछाममा औषधि तथा खाद्य समाग्री कै अभाव भएका समाचार आएपछि समाजिक उत्तरदायीत्वअन्तर्गत अछाम जिल्लामा औषधि तथा राहात समाग्री वितरण गरेको प्रभु बैंक अछामका गणेश भण्डारीले बताए ।

अछामबाट ठुलो संख्यामा रोजगारीका लागी भारत गएकाहरु फक्रिएसँगै त्यहाँ संक्रमण बढ्न सक्ने अनुमान गरिए पनि अहिले सम्म प्रयाप्त औषधि, चिकित्सकका साथै आवश्यक खाद्य सामाग्री पुग्न सकेको छैन । बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक जिल्लामा राहत तथा आवश्यक सहयोग गरेको छ ।

सुदुरपश्चिम क्षेत्र तथा विशेष गरी अछाममा दुईदिन अघि मात्रै नेपाली सेनाले संक्रमणको आशंकामा तीन सय भन्दा बढी मानिसको नमुना संकलन गरेको थियो । प्रभु बैंक अछामको दुररगम कमलबाजारमा बैंकिङ्ग सेवा दिने एक मात्र बैंक हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७