पोजेटिभ भनिएका युवाको पिसीआर परीक्षण नेगेटिभ, आठ जना आइसोलेसनमा


५ बैशाख २०७७, शुक्रबार
korona 1 3

झापा, ५ बैसाख । प्रदेश नं १ मा एक जना कोरोना पोजेटिभ देखिएको भनिएकोको रिपोर्ट नेगेटिभ आएको छ ।

झापाको हल्दीबारीमा आरडिटीमा पोजेटिभ देखिएका एक पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसीआरबाट परीक्षण गर्दा बिहीबार नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना डेस्कले जनाएको छ ।

बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडिटी) बाट जम्मा ८२६ जनाको कोरोना परीक्षण भएको छ भने सबैको रिपोर्ट नेगेटिभ रहेको छ । ल्याबमा गरिने परीक्षण (पिसीआर) विधिबाट बुधबारसम्म जम्मा ३४१ जनाको नमूना परीक्षण भएको छ ।

जसमध्ये ६५ महिला र २७६ पुरुष छन् । परीक्षण नतिजा ४९ महिला र २४३ पुरुषको रिर्पोट नेगेटिभ आएकोे छ । पिसीआर विधिबाट नमूना परीक्षण गरिएकामध्ये ५८ जनाको रिर्पोट आउन बाँकी छ ।

हालसम्म दुवै विधिबाट आएको परीक्षणको नतिजा नेगेटिभ छ अर्थात् कसैमा कोरोना रोगको सङ्क्रमण देखिएको छैन । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पिसीआर विधिबाट नमूना परीक्षण हुँदै आएको छ । प्रदेश सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको संख्या बिहीबारसम्म कूल ५६८ छ, जसमा चार महिला र ४६ पुरुष डिस्चार्ज भएका छन् । क्वरोन्टाइनमा ६८ महिला र ५०० पुरुष बसिरहेका छन् ।

आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा जम्मा आठ जना बसिरहेका छन् । होम क्वारेन्टाइनमा ६३५ महिला र तीन हजार १८१ पुरुष गरी जम्मा तीन हजार ८१६ जना छन् भने क्वारेन्टाइनमा बस्नेको सङ्ख्या हरेक दिन बढ्दो क्रममा रहेकोे पाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७