कोरोनाबाट लण्डनमा नेपाली चार्टर्ड अकाउन्टेन्टको निधन, मृत्तक नेपाली १८ पुगे


७ बैशाख २०७७, आईतवार
1c6246bcd20f9467bc6341172b69c33a w1000 h500 cp

काठमाडौं, ७ बैसाख । प्राणघातक कोरोना भाइरस संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीहरुको संख्या बढ्न थालेको छ ।

लण्डनमा कोरोना भाइरस संक्रमणबाट ४६ वर्षीय चार्टर्ड अकाउटेन्ट ध्रुवकुमार श्रेष्ठको ज्यान गएको छ । श्रेष्ठसहित बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या १८ पुगेको छ । पोखरा घर भएका श्रेष्ठ लामो समयदेखि लण्डन बस्दै आएका थिए ।

श्रेष्ठलाई शुरुमा ज्वरो आएको थियो । उच्च ज्वरो र खोकीसहित श्वास प्रश्वासमा समस्या भएपछि १० दिनअघि उनलाई सेन्ट थोमस अस्पताल लगिएको थियो । अस्पतालमा परीक्षण गर्दा उनलाई कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनको अस्पतालमै उपचार भइरहेको थियो ।

शनिबार राति १२ बजे अस्पतालले परिवार सदस्यलाई सम्पर्क गरी उपचार क्रममा श्रेष्ठको मृत्यु भएको सूचना दिएको हो । मधुमेहको सामान्य बिरामी रहेका श्रेष्ठ लण्डनमा आफ्नै अकाउन्टेन्सी फर्म सञ्चालन गर्दै आएका थिए ।

दक्षिण पूर्वी लण्डनमा बस्दै आएका उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । उनका आमा र बुवा पनि अहिले बेलायत घुम्न आएकाले लण्डनमै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७