नव नियुक्त डिजाइजीलाई दर्ज्यानी चिन्ह्, कुन प्रदेशको जिम्मा कसलाई ?


८ बैशाख २०७७, सोमबार
Dig nepal police scaled

काठमाडौं, ८ बैसाख । नेपाल प्रहरीका नव नियुक्त प्रहरी नायव महानिरीक्षक (डीआइजी) हरुले आज (सोमबार) दर्ज्यानी  चिन्ह् पाएका छन् । 

प्रहरी महानिरीक्षक ठाकुर ज्ञावलीले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा नव नियुक्त डीआईजीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

गत चैत २८ गते बढुवा समितिले १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको थियो । सोमबार पदोन्नती भएका प्रहरी डीआईजीहरुलाई सरकारले प्रदेश प्रमुखको रुपमा खटाउने तयारी गरेको छ ।

हाल प्रदेश २ मा रहेका डीआईजी प्रद्युम्न कार्की र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेका निरज शाहीलाई सरुवा गर्दै त्यहाँ पनि नव नियुक्त डीआईजीलाई पठाउने तयारी गृहले गरेको छ । नम्बर १ मा डीआईजी ईश्वरबाबु कार्कीलाई पठाइने भएको छ ।

प्रदेश–२ मा धिरजप्रताप सिंह, बागमती प्रदेशमा बसन्त लामा, गण्डकी प्रदेशमा प्रकाशजंग कार्की, प्रदेश–५ मा रबिन्द्र बहादुर धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई पठाइने तयारी भएको स्रोतले जानकारी दिएको छ । यता सीआईबीमा सहकुलबहादुर थापालाई पठाइने तयारी छ ।

निरज शाही, प्रद्युम्न कार्की र सोमबार नै बढुवा भएका अरुणकुमार बीसी तथा धनश्याम अर्याललाई अख्तियार, विशेष व्यूरो, तालिम केन्द्र र प्रधान कार्यालयको जिम्मेवारी दिने तयारी छ ।

सिफारिस भएको १० दिनपछि नव नियुक्त १० डीआईजीलाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो । नव नियुक्त डीआईजीहरुलाई आजै (सोमबार) नै पत्र थमाउने गरी तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७