लकडाउन २९ औँ दिन {भिडियो}


९ बैशाख २०७७, मंगलवार
lockdown 29din 10.00 01 52 03.Still002

काठमाडौँ, ९ बैशाख । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गएको चैत्र ११ गतेदेखि गरेको लकडाउन जारी छ । लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ । अत्यावश्यक काम र सेवाहरुबाहेकका सबै क्रियाकलापहरु बन्द छन् ।

मंगलबार पनि राजधानी काठमाडौंका सडकहरुमा अत्यावश्यक सवारी साधनहरु भने चलेको देखिन्छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंकर लगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारी साधनहरु फाट्टफुट्ट चलेका छन् ।

यस्तै सहरका भित्री सडकहरुमा अत्यावश्यक सामग्री खरिद गर्नका लागि सर्वसाधारणहरु घर नजिकको पसलसम्म पुगेको देखिन्छ । सुरक्षाकर्मीहरुले लकडाउन पालना गराउन सडकमा चेकजाँजलाई कडाई गरेका छन् । चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदलयात्रीको चेकजाँच गरिरहेका छन् ।

सरकारले वैशाख १५ गतेसम्म लकडाउनको समय तोकेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या ४० पुगेको छ भने ४ जनालाई निको भइसकेको छ ।

विचल्लीमा परेका सर्वसाधारणलाई रोक्न सकेन्, राती घर जानेको भीड

लकडाउन अवधि लम्बिएपछि काठमाडौं उपत्यकामा विचल्लीमा परेका सर्वसाधारणलाई रोक्न नसकेपछि गृह मन्त्रालयले अघोषित रुपमा गाडी जान दिन थालेको छ ।  

गाडी बन्द गर्दा पनि सर्वसाधारण हिँडेर घर फर्किने क्रम नरोकिएपछि गृहले त्यस्ता गाडीलाई पासबिनै राति चल्न दिन थालेको हो । पछिल्ला केही दिनमा हजारौ सर्वसाधारण बस चढेर घर फर्किएका छन् । केन्द्रीय सरकारले आधिकारीक रुपमा निर्णय नगरेपछि स्थानीय तह तथा जनप्रतिनिधिले आफ्नो क्षेत्रका नागरिक फर्काउन समन्वय गर्न थालेका छन् ।

त्यसरी स्थानीय तह र जनप्रतिनिधिले घर फर्किएपछि क्वारेन्टिनमा राख्ने गरी लैजाने सर्वसाधारणलाई नरोक्न भनिएको बुझिएको छ । रातको समयमा राजधानीका प्रमुख नाकामा भीड लागेको छ । केही दिन सरकारले नाकामा बाक्लो रुपमा प्रहरी परिचालन गरेर रोक्न खोजेपनि अन्य बाटोको प्रयोग गरेर प्रहरी छल्दै जान थालेपछि सरकारको चर्को आलोचना भएको थियो ।

आलोचनाबीच उच्चस्तरीय समितिले घर फर्किन दिने निर्णय गरेपनि घर जानेको संख्या धेरै हुने थाहा पाएपछि केही घण्टामै निर्णयबाट पछि हटेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने लकडाउन कडाइका साथ लागु गर्ने र त्यसमा कुनै लचकता नअपनाइने बताउँदै आएका छन् ।

यस्तै जिल्लाका स्थानीय तह तथा सांसदहरुले पनि आफ्नो क्षेत्रका नागरिक राजधानीबाट फर्काउन थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७