‘हामी मुलुक निर्माणको साझेदार बन्न चाहान्छाैं’


प्रकाशित मिति : October 5, 2017

डा.बद्री केसी, गैर आवासीय नेपाली आन्दोलन र अभियानको अगुवा र परिचित नाम हो । गैर आवासीय नेपाली संघ(एनआरएनए)को परिकल्पना, स्थापना र बिकासमा उनको योगदान र भुमिका निकै महत्वपूर्ण मानिन्छ । एनआरएनएको केन्द्रीय सदस्य कोषाध्यक्ष हुदैं हाल महासचिवको जिम्मेवारीमा छन् । कोषाध्यक्षको जिम्मेवारीमा छदा उनले अघि सारेका संस्थाको दिर्घकालिन आर्थिक योजना र व्यबस्थापनको कारण उनी लोकप्रिय बने । उनको कार्यकालमा नउठेको अन्तराष्ट्रिय समन्वय समितिको सदस्यता शुल्क चुक्ता भयो । संघमा सञ्चित रकमलाई टेन्डर मार्फत् बढी ब्याज आउने बैंक खातामा जम्मा गराउने काम भयो  सातौं विश्वसम्मेलनबाट महासचिवमा निर्वाचित भए लगत्तै उनले एनआरएनएका सदस्यतादेखी संस्थाका सांगठानिक र व्यवस्थापकीय काममा आमुल परिवर्तन गरे । अक्टोवर १४ देखि १७ सम्म एनआरएनएको विश्व आठौं सम्मेलन काठमाडौंमा हुदैछ । अबको एनआरएनएको अभियान र आन्दोलन के हो ? डा.केसीसँग गरिएको कुराकानी :

गैर आवासीय नेपाली संघ(एनआरएनए)को संस्थापक मध्येको एक हुनुहुन्छ । यो संगठन कै बिषयबाट कुरा सुरु गरौं । यो संगठन आवश्यकता किन महशुस भयो ?

  • यो रसियाबाट सुरु भएको अभियान हो । सन् २००२ भन्दा अगाडि रसियामा ‘रुस व्यपार संघ, नेपाल’ भन्ने संस्था थियो । त्यो संस्थामा हामी व्यापारमा संग्लन आबद्ध थियौं । त्यो बेला हामीेले ५ लाखभन्दा बढी नेपालीहरु देश बाहिर बसिरहेका अनुमान गरेका थियौं । त्यसबेला एनआरआइ पनि गठन भइसकेको थियो । हामीले त्यसबेला सोच्यौं, की नेपालबाहिर बस्ने नेपालीहरुलाई एउटा साझा र छाता संगठन आवश्यक छ ।
    त्यो कुनै पार्टी निरपेक्ष, कुनै धर्म, क्षेत्र र जाति निरपेक्ष होस्, जहाँ सबै अटाओस् । त्यसको लागि हामीले लामो अवधारणा-पत्र बनायौं । र, यो अभियान बेलायतबाट सुरु गर्ने निचोड निकाल्यौं । किनभने बेलायतमा २ सय बर्षदेखी नेपालीहरुले गोरखा सैनिकको रुपमा काम गरिरहेका छन् । अर्थात् विदेशी भुमीमा काम गर्ने इतिहास बेलायत र गोरखाबाटै सुरु हुन्छ । लण्डनको बैठकपछि हामीले काठमाडौंमा विश्वसम्मेलनको आयोजना गर्ने निर्णय गर्यौं । त्यही निर्णय अनुसार ११ अक्टोबर २००३ मा काठमाडौंमा पहिलो पटक विश्वसम्मेलनको आयोजना भयो । त्यो सम्मेलनमा १६ भन्दा बढी देशबाट १ सय ६० जनाभन्दा बढी नेपालीहरु आउनुभयो । त्यही दिन विधिवत् रुपमा यो संगठनको स्थापना भयो ।

अहिले यसको सांगठानिक संरचना कस्तो छ ?

  • गैर आवासीय नेपाली संघ(एनआरएनए) अहिले विश्वको ७८ मुलुकमा स्थापना भएको छ, दुई बर्षअघिसम्म यसमा करिब ५० हजार सदस्यहरु थिए । अहिले यो विश्व सम्मेलनमा आइपुग्दासम्म करिब ७० हजारभन्दा बढी पन्जिकृत सदस्य छन् । नेपाल सरकारको परिभाषा अनुसार २ बर्षभन्दा बढी बाहिर बस्ने नेपालीहरु गैर आवासीय नेपाली नै हुन् । नेपाल बाहिर करिब ५० लाखभन्दा बढि नेपाली छन् ।

जुन उद्देश्य सहित स्थापना गर्नुभएको थियो । आठौं विश्वसम्मेलनको पूर्वसन्ध्यामा फर्केर हेर्दा आफ्नो उद्देश्यप्राप्तीमा गैर आवासीय नेपाली संघ(एनआरएनए) सफल हुदैछ जस्तो लाग्छ ?

  • स्थापना गर्दा यसको त्यस्तो कुनै ठुलो उद्देश्य थिएन । कुनै पनि संगठन जति सानो उद्देश्य राखेर स्थापना हुन्छ, त्यति नै सफल हुन्छ भन्ने उदाहरण गैर आवासीय नेपाली संघ(एनआरएनए) हो । हामीले त्यो बेला भनेका थियौं, ‘विदेशमा बसेका नेपालीहरुबिच भाइचाराको बृद्धि गरौं, विदेशमा नेपाली भाषा र संस्कृतिको जर्गेना गरौं र विदेशमा कमाएको पैसाको नेपालको समृद्धिको लागि लगानी गरौं ।’ हामीले यी तीन उद्देश्य लिएर स्थापना गरेका थियौं । हामीले त्यसका लागि अनेकौं काम गरेका छौं । यसबिचमा हामीले सोचेभन्दा धेरै काम गरेका छौं । हामीले गरेका कामका सुची धेरै लामो छ ।

    हाम्रो ७८ वटा एनसीसी छन् । ‘वान एनसीसी वान च्यारिटी’को अभियान चलिरहेको छ । नेपालमा भूकम्प गयो । तत्कालै ५/६ सय भन्दा बढी हामी आएर उद्दार र राहत अभियानमा जुट्यौं । भूकम्प पीडितको लागि ५० करोडभन्दा बढी सहयोग आएको छ । गोरखाको लाप्राकमा बस्ती बनाउने अभियान जारी छ । वास्तवमा हामी धेरै खुसी छौं । तराई मधेसमा बाढी पिडितका लागि पनि तुरुन्तै अभियान चलायौं । जतिबेला देश दुख्छ त्यतिबेला हामीलाई दुःखेको छ । विदेशमा रहेका नेपालीहरुको हक अधिकार र समद्धिको निम्ती त काम गरीरहेकै छौं । हामी नेपाल र नेपालीको दुःख र संकटका साथी बनिरहेका छौं ।

गैर आवासीय नेपाली संघ(एनआरएनए)को अहिलेको प्रमुख अजेन्डा चहिँ के हो ?

  • गैर आवासीय नेपालीहरुको हकहित र अधिकारको कुरा त छदैछ । सँगै उनीहरुले विदेशमा आर्जन गरेको सम्पतीलाई देशभित्र भित्राउने हो । दोस्रो पुस्ताका हाम्रा सन्तानहरुमा नेपाली हौं भन्ने भावनाको विकास गर्नु हो । तेश्रो हाम्रो नेपाली नागरिकताको निरन्तरता र हाम्रो अधिकारको बिषय हो । खाडी क्षेत्रमा नेपालीहरुले धेरै ठुलो समस्या भोगिरहेका छन् । त्यही समस्याको समाधान एनआरएनएले गर्दे आएको छ । खाडीमा नेपालीहरुले भोगिरहेका समस्या समधानको निम्ती अझैं गम्भिर भएर लाग्नुपर्नेछ । देशको कुल ग्राहस्थ उत्पादनको करिब २८ प्रतिशत एनआरएन पठाएको छ । तर, खास दुःख गर्नेले घरमा खर्च गर्देमा सकिन्छ । उ विदेशबाट फर्किन्ने बेलामा केही हुन्न । हामीले यस्तो अवस्थामा नेपाल सरकारले सरकारसँग समन्वय गरेर संञ्चय कोषको व्यवस्था गर्ने कार्यमा लागेको छौँ ।

    कोरिया, कतार लगायतका देशमा यसको अभ्यास पनि भइसकेको छ । हाम्रो खास काम भनेको सामाजिक कार्य नै हो । अर्को कुरा भनेको बौद्धिक पलायन भइरहेको छ । अमेरिका युरोपका ‘युनिभर्सिटी’हरुमा पढाउन गइरहेका छन् भने नेपालमा खाली भइरहेको छ । विदेशमा नेपालका मजदुरहरुले कम तलब काम गरिरहेका छन् । यसको सीप र दक्षता बृद्धि गर्न आवश्यक रहेको छ । यसको लागि हामिले खुल्ला विश्वविद्यालयको अवधारण २००९मा ल्याएको थियौँ । यसको प्रक्रिया अहिले सरकारले अन्तिम चरणमा पुुुर्याइसकेको छ । एनआएनको यो ठुलो उपलब्धी हो । यस्तै संस्था बलियो सुदृढ बनाउन धेरै भन्दा धेरै एनआएनहरु संलग्न गराउन पनि मुख्य लक्ष्य हो ।

खासगरी एनआरएनएका तपाईहरु सम्मेलन ताका काठमाडौंमा हो हल्ला गर्नुहुन्छ, ठुला बसह र प्रचार गर्नुहुन्छ तर सम्मेलन सकिएपछि बेखबर र चुपचाप बस्नुहुन्छ भन्ने आलोचना पनि छ नी ?

  • आलोचना हुन स्वाभाविक हो । सम्मेलनको बेला मात्र नेपालका मिडियाहरुमा प्राथमिकता पाउँछ किनभने अरु बेला अधिकतम् समय हामी धेरै विदेशमै रहन्छौँ । तर विगतको चार वर्ष नेपालमा भूूकम्प, बाढी गएको बेलामा आपनाे ज्यानको प्रवाह नगरिकन प्रभावित क्षेत्रमा खट्न पुुगेका छौँ । देश रोएको बेला एनआरएनलाई पहिला दुुःख्छ भन्ने कुरा प्रमाणित गरेका छौँ । देशलाई भूूकम्पले शिथिल पारेको बेला भारतले नाकाबन्दी लगायो । त्यो बेला हामीले विदेशमा रहेको ४० भन्दा बढी भारतीय दूतावासमा प्रदर्शनका साथै विरोध पत्र दियौँ । यस्तै युरोपियन यूनियन, संयुुक्त राष्ट्र संघको मुुख्य कार्यलयमा प्रदर्शन र विरोध पत्र दर्ता गराऔँ । नेपालमाथि भारतले गरेको थिचोमिचोको बारेमा विश्वलाई जानकारी दियौं । यसले भारतलाई ठुलो दबाब भयो । जसले नाकाबन्दी खोल्न केही सहयोग पुग्यो । नाकाबन्दीको बेला औषधी नपाएर मृत्युु हुने अवस्थामा थियो । हामीले एनआरएनहरुबाट तुरुन्तै रकम संकलन गरी नेपाल सरकारलाई चाहिन्ने औषधी किनेर दियौँ । देशलाई पर्दा एनआरएन सहयोगका लागि तत्पर छ भन्ने सन्देश दिइरहेको छौँ र दिइरहनेछौँ ।

एनआरएन धनीहरुको संगठन भयो, तल्लो वर्ग र मजदुरहरुको पहुँच बाहिर भयो भनिन्छ नी ?

  • वास्तवमा एनआरएनले विदेशमा केही धन कमाइसकेका मान्छेहरुको धन नेपालमा ल्याउने ठुलो काम गरिरहेको छ । बैदेशिक रोजगारमा गएको एनआरएनहरुको समस्या हल गर्नका लागि कार्यलयमा छुुट्टै अफिसर राखेर काम गरिहेका छौं । त्यस्तै एनसिसिहरुले त्यो काम गरिहेको छ । त्यसैले एनआरएन गरिब र धनी दुुबैको संस्था हो । हामिले ‘कन्टिनिटी अफ डबल सिटिजनसिप’ नेपाली नागरिकताको निरन्तरता भनिरहेको छौं अर्थात् विदेशमा नागरिकता लिएका मान्छेहरुको नेपालीसँग जोडियोस भनेर संर्घष गरिहेको छौँ । अर्को शरण लिएर बसिरहेको शरणार्थीहरुको लागि पनि लडिरहेका छौँ । त्यस्तै बौद्धिक व्यक्तित्व प्रोफेसरहरु कसरी नेपाल फर्काउने अथवा ज्ञान क्षमताहरु कसरी नेपालमाा प्रयोग गर्न भन्ने पनि सोचिरहेका छौं । भने कम शैक्षिक योग्यता भएको व्यक्तिहरु दक्षता बृद्धिका लागि पनि काम गरिहेको छौँ । त्यसैले यो संस्था यति फराकिलो छ, जहाँ गरिब धनी सबै अटाएको छ । अक्सफर्डमा अध्यापन गराउने बौद्धिकदेखि न्यून शैक्षिक योग्यता भएका व्यक्तिहरु पनि साझा संस्था हो ।

दलहरुले अब नेपालमा समृद्धिका अध्याय सुरु भयो भन्दैछन्, समृद्धिको अभियानमा एनआरएनको भुुमिका कस्तो हुन्छ ?

  • संसारमा युवा शक्ति भएको देश छिटो विकसित हुन्छ । हामी भाग्यमानी छौँ । हाम्रो देशमा ६० प्रतिशत जनसंख्या युवा छ । त्यसैले नेपाल भविष्य सुन्दर छ भन्ने विश्वास राख्नुपर्छ । एनआरएनए विदेश रहेको ज्ञान र सीप भिर्‍याउन तत्पर छ । नेपालको अबको समृद्धिको पाटो परिवर्तनको लागि हामी अत्यन्तै उत्साहित छौं । विदेशीमा रहेको नेपालीसँसग मात्र नभएर विदेशहरुसँग एउट पुल बनेर काम गर्ने छाैं। हामी सरकार र सरकारबीच मात्र नभई सरकार र जनताबीच पुल बनेर विदेशी लगानी सीप भित्राउन तयार छौं । नेपालका हरेक क्षेत्र ‘भर्जिन’ छ । जुनै क्षेत्रमा हात हाल्दा पनि मुुनाफा दिन सक्छ । विदेशका कम ब्याजदरमा पैसा राख्नु भन्दा नेपालका ठुला–ठुला निर्माण क्षेत्रमा एनआरएनका साथै विदेशीहरुको लगानी ल्याउँदै छौँ । केही क्षेत्रमा शुुरु पनि भइसकेको छ । राजनीतिक स्थायित्व हुुन्छ भन्न साथ विदेशी लगानी आउन थालिसकेको छ । चुनाव सकिएपछि दिगो स्थायित्वमा गएपछि १० वर्षमा ठुलो विकास हुुन्छ । हामि विश्वास्त छौँ । हामी मुलुकको विकासमा साझेदार बन्छौँ । खासमा हामी साझेदार नै हौं । देश बाहिर रहरले होइन कहरले गएको हौं । हाम्रो उदेश्य गैरआवसिय नेपाली बढाउने होइन घटाउने रहेको छ । हाम्रो बलियो पाखुरा विदेशका गगनचुम्बी भवन बनाउन होइन हाम्रै देश बनाउनमा लगाउनु पर्छ भन्ने लक्ष्य हो ।

तपाईहरुको लागि सरकारले गरीदिन पर्ने केही की ? 

  • सरकारले हाम्रो लागि धेरै काम गरिसकेको छ । गैरआवसिय नेपालीको लगानीलाई एक तिहाई सरह मान्यता दिएको छ । त्यस्तै सरकारले हामीले भने जस्तै नभए पनि ‘कनटिन्यूटि अफ नेपाली सिटिजनसिप’को माग पनि संविधानमा व्यवस्था गरिदिएको छ । अब सरकारले हामी राखेका मागहरु जायज छन् भन्ने विश्वास दिलाउने वित्तिकै ती मागहरु पनि पूर्ण रुपमा लागुु हुन्छ भन्ने विश्वास छ । हामीले पहिले आर्थिक क्षेत्रमा जिम्मेवारी बहन गरेर देखाएपछि राजनीतिक अधिकार दिन नेपाली जनता आफैँ तयार हुन्छन् । एनआएरएन प्रति जनताको ठुलो आशा छ तर विदेशका हाम्रो क्षमता के हो भन्ने थाहा छैन। हामी विदेशमा अझै संघर्ष गरिरहेका छौँ । हामी पहिलो पिढीका गैर आवसीय नेपाली हौँ जहाँ हातमुख जोर्न धेरै नेपालीहरुले संर्घष गरिहेको छन् । यस्तो अवस्थामा नेपाललाई ठुलो सहयोग गर्न सकिन्न । देशले बुझिदिनुपर्छ । हाम्रो अभियानले द्रुत गति पाएको छ । विदशी र एनआरएनको लगानी हेर्दा आकंडा बढीरहेको छ । बढ्ने क्रम छ बढिरहन्छ ।

अब फरक कुरा गरौं, यो आठौं विश्व सम्मेलनमा तपाईको दाबेदारी कुन पदमा रहन्छ ?

  • दुुई वर्षको कार्यकाल भनेको एकदमै छिटो बित्ने कार्यकाल रहेछ । नीतिगत कुराहरु ल्याएपनि पूूर्णरुपमा कार्यन्वयन गर्न सकिएको छैन । हामी ७८ देशमा रहेका छौँ । ती देशका एनसिसि मेम्बरहरुलाई ५ डलर तिराउन बाहेक अन्य सुविधा दिन सकेका छैनौं । त्यस्तै सदस्यहरुको व्यवस्थापन पूूर्ण रुपमा गर्न सकेका छैनौं । कर्मचारीहरुको नीति, विभिन्न बैठक, सम्मेलनहरुको सञ्चालनको नीति ल्याउन सकेको छैनौ । नीतिगत प्रक्रियामा धेरै काम गर्न बाकीँ छ । मैले कोषाध्यक्ष हुदाँ ल्याएका आर्थिक समृद्धिको पाइलाहरुले नतिजा दिन थालेको छ । प्रशासनिक काममा अलि कार्यकलमा कम भएको जस्तो लागेको छ । हाम्रो विधान अनुसार एउटा पदमा एउटा व्यक्तिले दुुई कार्यकाल काम गर्न सक्ने प्रावधान छ । एनआरएनका अभियान्ताहरु तथा मेरा साथिहरुले महासचिव मै बसेर काम गर्नुपर्‍याे भन्ने अनुरोध आएका कारणले फेरी पनि महासचिवमा दोर्‍याउने निर्णय गरेको छु । सम्पूर्ण गैर आवसिय नेपालीहरुमा आधिकारिक रुपमा उम्मेदवारीको घोषण गर्दे सहयोग लागि हार्दिक अनुरोध गर्दछु ।

भनेपछि तपाई फेरि महासचिव कै उम्मेदवार ?

  • एअआरएनए भनेको जसले सक्छ उसले धेरै धेरै भन्दा धेरै योगदान दिने संस्था हो । चुनावमा जादाँ एकजना न एकजना हारिहाल्छ बाहिर निक्लिहाल्नुुहुन्छ । यस्तै अग्रज नेताहरु उपसभापतिहरु पनि दोरिन्दै हुनुहुन्छ । त्यसैले पनि मैले दोहोरिन्नु पर्ने अवस्था छ । मैले सूूरुवात गरेका कामहरु पनि सम्पन्न भएको छैन । अर्को कुरा भनेको २००३ देखि १४ वर्षसम्म संस्थालाई राम्रोसँग बुुझेको छु । सफल भएको खण्डमा पनि कामहरु तुुरुन्त लान सक्छु । नयाँ व्यक्तिलाई चार पाँच महिना बुझनै समय लाग्छ । मैलें गरेका कामहरुको जर्जमेण्ट आफैँ गर्नुभन्दा पनि गैर आवसीय नेपालीहरु गरेका छन् । उहाँहरुकै प्रतिक्रिया अनुसार पनि पनि दोह्राउनु पर्छ भन्ने लागेको हो ।

तपाईका खास अजेन्डा छ की ?

  • महासचिवको अजेण्डा भनेको व्यक्तिगत हुने होइन । संस्थाको संस्थागत सुधारको लागि हुने हो । अहिले ७० हजार सदस्य अन्तिमको अवस्थामा छ । अब मोटिभेसन नदिए अझ तल जाने अवस्थामा छ । एक डेढ लाख सदस्य बृद्धि गर्नका लागि प्रेरणा जगाउने काम गर्न आवश्यक छ । यस्तै हामीपछि दोस्रो पुस्ताका एनआरएन, नेपालबाट १० प्रतिशत महिलाहरु एनआरएन भएर बाहिरिएकाहरुलाई यो अभियानमा ल्याउन आवश्यक छ । हाम्रो छोरा छोरीहरु नेपाली भाषा संस्कृति नै विर्सिन्न लागेका छन् भने एनआरएनले नेपालप्रतिको आर्कषणको लागि गर्नुपर्ने भुमिका धेरै छ । त्यस्तै सम्बधित देशमा त्यहाँ राष्ट्रिय समन्वय परिषदले नेपालीहरुलाई स्थापित गर्न, समस्याका समाधान कसरी गर्न भन्ने कुरामा समन्वय गर्नु पर्नेछ । त्यहाँको सरकारसँग समन्वय गरे नेपाल सरकारसँग पुल बन्ने काम गर्नुपर्छ जुनकुरा गर्न सकेको छ । त्यसका लागि क्षमता बृद्धि गर्नुुुपर्नेछ । हामीले १४ वर्षमा ७८ देशमा संगठन विस्तार गर्न सक्यौं तर त्यही अनुुसारको क्षमता विकास गर्न सकेको छैनों । अब विकास गर्नुपर्ने छ त्यसका लागि मैले योगदान दिनुपर्ने छ ।

    अन्त्यमा : ७८ देशका एनआरएनएमा हामिले २२ सय प्रतिनिधीहरु अनुमान गरेका छौं । अन्य ठाउँहरुमा छुुट्टी मनाउन जादाँ खर्च धेरै लाग्छ । नेपालमा तिहार, छठ मनाउनु पनि आउनुहोस् विदेशमा खर्च गर्ने नेपालमै गर्नुहोस् । बुुवा आमा दाजुु भाई दिदीबहिनीहरु भेटनुहोस् । तपाईको सम्बन्धहरु पनि सुदृढ हुन्छ । भने हाम्रो अधिवेशनमा आएर योग्य व्यक्तिलाई मत दिएर जिताउनुहोस् । जसले आगामी दुई वर्षमा उचाई लियोस् र तपाईले चाहेको जस्तो संगठन बनोस् ।

हेर्नुहोस् भिडियोमा :-

 

प्रतिक्रिया दिनुहोस्