भूकम्पवाला {कविता}


१२ बैशाख २०७७, शुक्रबार
shib dungana

शुभ–कामना !
तिमी आएछौ
अचानक आएछौ
थरर हल्लियो
म बसेको कुर्सी
वरिपरिका वस्तु हल्लिए
झर्न थाल्यो
भित्ताबाट माटो
पत्तै पाइन, यतिन्जेलसम्म
जब खसे ढुङ्गा
भेउ पाएँ, तिमी आएको
चिट्चिट् पसिना
भरिएछन् निधारभरि
अवाक्… हल न चल
के गरूँ, कसो गरूँ भो
तिमी फुत्त गयौ ।

हेरेँ बाहिरी संसार
जब तिमी गयौ
तिमीले त,
बदल्दिएछौ पहाडका स्वरूप
भत्काइदिएछौ घरहरू
हजारौँको लिएछौ ज्यान
लाखौँलाई पुर्‍याएछौ सडकमा
तिम्रो सामर्थ्यको भेदनबाट
उम्किएको म
मुस्काउन सक्दिन अझै
प्रिय भूकम्प !
आवेश र आक्रोश थाती राखेरै भए पनि
तिम्रो जन्मोत्सवको शुभकामना ल !

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७