सबै हवाई उडान जेठ २ सम्म बन्द राख्ने निर्णय, लकडाउनको मोडालिटी मुख्य सचिवले बनाउने


१३ बैशाख २०७७, शनिबार
korona samiti

काठमाडौं, १३ बैसाख । आन्तरिक र बाह्य हवाई उडान आउँदो जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आज (शनिबार) बसेको वैठकले तत्काल हवाई उडाननखुलाउने निष्कर्ष निकालेको हो ।

‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ’, प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले भने ।

त्यस्तै समितिले लकडाउनको मोडालिटी तयार गर्ने जिम्मा मुख्य सचिवको नेतृत्वमा रहेको टाक्र्सफोर्सलाई दिएको छ । सरकारले दोस्रो पटक थप गरेको लकडाउनको बैसाख १५ गते सकिँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७