आगामी २० गते फेरि बैठक बस्ने निर्णय गर्दै नेकपा सचिवालय बैठक सम्पन्न


१७ बैशाख २०७७, बुधबार
KP oli and Parchanda

काठमाडौं, १७ वैशाख :  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही वैशाख २० गते फेरि बस्ने गरी सकिएको छ। बैठकले आवश्यक तयारी र प्रस्ताव बनाएर सचिवालयको अर्को बैठक २० वैशाखमा बस्ने निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

नेतृत्वबीच अनौपचारिक वार्ता हुने र अहिलेको आवश्यकतासँग मेल खाने गरी २० वैशाखमा बस्ने बैठकले सबै विषयमा निर्णय लिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

पार्टीलाई एकताबद्ध गराउने र सामाजिक–आर्थिक रूपान्तरण प्रक्रिया अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिने उनले बताए ।

उनले भने, ‘सचिवालय बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक-आर्थिक रूपान्तरण प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछआवश्यक प्रस्ताव तयार गर्नेछ । र, त्यही बैठकले नै माग भइआएको स्थायी कमिटीको बैठकको पनि टुंगो लगाउनेछ ।’  ।’

सचिवालय बैठकबाटै स्थायी कमिटीको बैठकको मिति तय हुनेछ ।  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७