नयाँ संक्रमित भेटिएनन्, ५८ हजार बढीको कोरोना परीक्षण


१८ बैशाख २०७७, बिहीबार
bikash devkota

काठमाडौं, १८ बैसाख । हिजो (मंगलबारं प्रदेश–२ मा एकै दिन चार जना कोरोना संक्रमित भेटिएको भए पनि आज (बुधबार) भने नयाँ संक्रमित कोही भेटिएनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (बुधबार) नियमित पत्रकार सम्मेलनमार्फत कोही नयाँ संक्रमित फेला नपरेको जानकारी दिएको छ ।

हालसम्म नेपालमा ५७ जना संक्रमित फेला परेका छन् भने १६ जना स्वस्थ बनेर घर फर्किसकेका छन् । ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

डा. देवकोटाका अनुसार हालसम्म १२ हजार ११ जनाको पीसीआर परीक्षण र ४६ हजार ८६० जनाको आरडीटी परीक्षण गरिसकिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६८२ जनाको परीक्षण भएको छ ।

प्रदेश–१ मा ४९८५, प्रदेश–२ मा ५४५६, बागमती प्रदेशमा ८३६१, गण्डकी प्रदेशमा ५४११, प्रदेश ५ मा ३७९९, कर्णाली प्रदेशमा ५४३६ र सुदूरपश्चिम प्रदेशमा १३४११ जनाको आरडीटी परीक्षण गरिएको डा. देवकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७