ज्याकारान्डाले सजियो काठमाडौं {हेर्नुहोस् तस्बिरमा }


२४ बैशाख २०७७, बुधबार
ज्याकारान्डाले सजियो काठमाडौं हेर्नुहोस् तस्बिरमा 12 scaled

काठमाडौं, २४ बैसाख :  यो वसन्त ऋतु हो । बसन्त ऋतुमा वन जङ्गल मात्र होइन, सहर पनि केहि मात्रामा सजिन्छन् । गर्मी बढेसँगै बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फुलहरु फुल्न थालेका छन् ।jyakaranda scaled

धेरैले यो फूललाई शिरिषको फूल भन्छन् । तर यो फूलको असली नाम ज्याकारान्डा हो । विग्नोनेसिया परिवारमा पर्ने यो फूल कडा र ठूला हुने रुखमा फूल्छन् । यो फूल ४९ प्रजाति भन्दा धेरै रहेको छ । वसन्त ऋतृको आगमनसँगै यतिबेला काठमाडौँ उपत्यका तथा बाहिर ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ ।

ज्याकारान्डाले सजियो काठमाडौं हेर्नुहोस् तस्बिरमा 7 scaled

दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदबारसहितका क्षेत्रमा ठूला रुखहरु बैजनी-नीलो भएका छन् । रुकमा पात छैनन् भने पनि हुन्छ, छन् त केवल फूलहरु मात्रै । बैजनीमा नीलो रंग मिसिएपछि बन्ने फरक नीलो रंग वा फरक बैजनी रंगको फूलले मौसम नै रंगिन बनाएको छ । रुखबाट झरेका फूलहरुले वरपरको बाटो पनि रंगिन बनाएका छन् ।

सानो बोटमा मात्रै सिमित नभइ ठूलो रुखमा फुल्ने हुँदा यो फूललाई सबै ठाउँबाट सजिलै देख्न र हेर्न सकिन्छ । उपत्यकालाई सुन्दर बनाउनको लागि यो विरुवा विदेशबाट ल्याइएको बताइएको छ ।बढ्दो गर्मीले गर्दा उपत्यकाको बाटोमा ढकमक्कै फुलेका यी फूलहरुले जो कोहि पनि मान्छेहरुका मनलाई प्रफुलित बनाएको छ ।

ज्याकारान्डाले सजियो काठमाडौं हेर्नुहोस् तस्बिरमा 10 scaled

बसन्त ऋतुमा वन जङ्गल मात्र होइन, सहर पनि केहि मात्रामा सजिन्छन् । राजधानीका रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा एउटा नीलो फूल फुलेको मानिसको मन नै प्रफुल्ल बनाई दिन्छ । काठमाडौंको घना बस्तीमा सडक किनाराका झ्याम्म हाँगा फिंजाएर रुखभरि नीलो फूल फूल्दा कंक्रिटै–कंक्रिटको शहर काठमाडौं रमाइलो देखिन्छ । बसन्त ऋतुमा राजधानी काठमाडौंलाई सुन्दर बनाउने फूलको नाम ज्याकारान्डा हो । ज्याकारान्डासँगै राजधानी काठमाडौंमा अहिले सकड छेउछाउ अन्य धेरै किसिमका फूलहरु ढकमक फूलेका छन् ।

ज्याकारान्डाले सजियो काठमाडौं हेर्नुहोस् तस्बिरमा 17 scaled
हरेक वर्षको वसन्त ऋतुमा झैं यस वर्ष पनि काठमाडौंलाई सुन्दर बनाउने जाकाराण्डा उसरी नै फूलेका छन् । बसन्त ऋतुले फूल फूलाउने र जाकारान्डलगायतका फूलले बसन्त ऋतुमा फूल्ने आफ्नो कर्मलाई भुलेका छैनन् । तर विश्वव्यापी कोरोना भाइरस महामारीका कारण नेपालमा पनि लकडाउन जारी गरिएको छ । कोरोना भाइरस महामारीका कारण सबै मानिस घरभित्र छन् । जसका कारण बाहिर फूलेका फूल हेरिदिने र रमाइलो मान्ने मान्छे यस पटक कोही छैन भन्दा पनि हुन्छ । विगतका बसन्तहरुमा काठमाडौंका विभिन्न स्थानमा फूल्ने बसन्तकालीन फूलहरुलाई क्यामरामा कैद गर्ने र मोवाइलबाट जाकाराण्डालाई फ्रेममा कैद गर्नेहरुका हुल ठूलो देखिन्थ्यो । तर यो वर्ष कोरोना भाइरस महामारीका कारण सिर्जित लकडाउनका सीमित पैदल यात्री र सवारी चालक बाहेक राजधानीबासीले बसन्तमा रङ्गिएको राजधानी र देख्नै पाएनन् ।

ज्याकारान्डाले सजियो काठमाडौं हेर्नुहोस् तस्बिरमा 20 scaled

कोरोना त्रासका कारण मलिन नेपाली नागरिकको मुहार जस्तै दरबारमार्ग, रत्नपार्क, घण्टाघर, सिंहदरबार, शहीदगेट र टुँडिखेल वरपरका सडक छेउमा जाकाराण्डा फुलेका ज्याकारान्डालगायतका धेरैथरी फूलहरु अहिले आफै मुर्झाइरहेका छन् । उसो त फूलहरु मानिसको भिडलाई हेरेर फुल्दैनन् । उनीहरु सँधै स्वतन्त्र हुन्छन् र स्वतन्त्र रुपमै फूल्छन् । तर, फरक यति हो यस पटक फुटपाथमा खसेका नीला फूलहरूलाई कुल्चिने कोही छैनन् ।ज्याकारान्डाले सजियो काठमाडौं हेर्नुहोस् तस्बिरमा 8 scaled

अहिले काठमाडौँ आसपासमा फूलेको यो फूल ज्याकारान्डा मिमोसिफोलिया प्रजातिको हो । यसको पात र शिरिषको फूलको पात उस्ताउस्तै भएकोले गर्दा यसलाई नीलो शिशिष पनि भनिन्छ । तर यिनीहरुमा समानान्तर देखिने भनेको पात मात्रै हुन् । यसलाई रैथाने भन्दा पनि आगन्तुक अर्थात पाहुना फूल भन्ने गरिन्छ ।

ज्याकारान्डाले सजियो काठमाडौं हेर्नुहोस् तस्बिरमा 21 scaled ज्याकारान्डाले सजियो काठमाडौं हेर्नुहोस् तस्बिरमा 12 scaled

 ज्याकारान्डाले सजियो काठमाडौं हेर्नुहोस् तस्बिरमा 15 scaled ज्याकारान्डाले सजियो काठमाडौं हेर्नुहोस् तस्बिरमा 16 1 scaled ज्याकारान्डाले सजियो काठमाडौं हेर्नुहोस् तस्बिरमा 18 scaled ज्याकारान्डाले सजियो काठमाडौं हेर्नुहोस् तस्बिरमा 19 scaled ज्याकारान्डाले सजियो काठमाडौं हेर्नुहोस् तस्बिरमा 5 scaled

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७