२०७७ बैसाख २५ गते बिहीबारको तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शुभ समाचार सुन्न पाइएला । राज्यबाट मान सम्मान पाइने छ । सामाजिक र वैदेशिक क्षेत्रको काम पनि अघि बढ्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज रोकिएको धन हात पर्ला । धर्म कर्म, परोपकार, समाज सेवा जस्ता कार्यमा मन लाग्ने छ । अतिथिको रूपमा सत्कार पनि पाइने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभकार्यको चर्चा चल्नेछ । आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख, सन्तोष छाउने छ । कला र गलाको प्रभाव बढ्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । घरभित्रको मनोरञ्जनमा सहभागी भइएला । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ कार्यको थालनी हुनेछ । लगनशिलताले कामहरू अगाडि बढ्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाइने छ । पदोन्नतीको सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । आकस्मिक धन लाभ हुनेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज प्रविधिमार्फत आफन्तसँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । स्वादिष्ट भोजन पनि पाइने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी मध्यम खालको दिनछ । ठूलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा कमाउने बेला छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैं–झमेलाको अवस्था आउन सक्छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्द व्यापारमा नयाँ योजना बन्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बन्न लागेको काम विग्रिने छ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला ।
ज्यो.प. नारायणप्रसाद दुलाल