लाहुरे ‘जीन’ लाई पन्छाएर नेपालको इतिहास लेखन सम्भव छ ?
सुगौली सन्धिसँगसँगै जो गोरखा भर्ती केन्द्र अस्तित्वमा आएको थियो, आज गोरखा भर्ती केन्द्र स्थापना भएको झन्डै झन्डै दुई सय वर्ष बित्दैछ । दुई सय वर्षको समय छोटो होइन । यस लामो अवधिमा लाहुरे जीवनका अनेक आयामहरू देखिएका छन् । तिनका सुख–दुःखका, आँसु–हाँसो र उकाली–ओरालीका अनेकन मन छुने कथाहरू छन् ।
नेपाली इतिहासमा लाहुरे जीवनका आफ्ना स्पष्ट डोबहरू छन्, तिनका प्रभाव र परिणामहरू छन् । लाहुरे ‘जीन’लाई एकातिर पन्छाएर सुगौली सन्धिपछिको नेपाली इतिहास लेखन सम्भव छैन । लेखिहाले पनि त्यो अधुरो नै रहनेछ । यही यथार्थलाई दृष्टिगत गरेर हुनुपर्छ आज लाहुरे जीवन, इतिहास र त्यसका विविध आयामहरूलाई विभिन्न ढंगले पर्गेल्ने काम हुँदैछ ।
सांस्कृतिक दृष्टिले पनि लाहुरे जीवन महत्वपूर्ण रहेको छ । लाहुरे जीवनको आरम्भसँगै लाहुरे संस्कृतिको पनि विकास हुन थालेको थियो । लाहुरे संस्कृतिले मुलुकको गतिशीलता र अग्रगामीतालाई गम्भीर रूपमा प्रभावित गर्यो । नेपालीहरूले बेलायती सेनामा काम गर्न आरम्भ गरेपछि निर्मित यस संस्कृतिका बारेमा अहिलेसम्म कसैले पनि गम्भीरतापूर्वक विश्लेषण गरेको पाइन्न । तर, यथार्थ के हो भने यस घटनापछि नेपाली मनोविज्ञानमा गम्भीर परिवर्तनहरू देखापर्न सुरू गरे ।
सांस्कृतिक रूपमा ती परिवर्तनहरू सकारात्मक होइन नकारात्मक थिए । संस्कृति दृष्टिकोण, मूल्य र विश्वासहरूको परम्परा भएकाले मानवमनोविज्ञानसँग यसको घनिष्ट सम्बन्ध रहन्छ । यस संस्कृतिले पारेका प्रभावहरू समयक्रममा कम भएनन्, अझ बढे । लाहुरे हुने मनोविज्ञान अझ विस्तारित भयो । बेलायती सेनामा काम गर्नेहरूको संख्या समय बित्दै जाँदा त कम गरिँदै गइयो तर लाहुरे हुने संख्या भने अझ बढ्दै गयो । आखिर ती सबै नेपालीहरू लाहुरे नै हुन्, जो विदेशमा काम गर्छन् ।
सांस्कृतिक रूपमा ती परिवर्तनहरू सकारात्मक होइन नकारात्मक थिए । संस्कृति दृष्टिकोण, मूल्य र विश्वासहरूको परम्परा भएकाले मानवमनोविज्ञानसँग यसको घनिष्ट सम्बन्ध रहन्छ । यस संस्कृतिले पारेका प्रभावहरू समयक्रममा कम भएनन्, अझ बढे । लाहुरे हुने मनोविज्ञान अझ विस्तारित भयो ।
सुगौली सन्धिपछि नेपाली संस्कृतिमाथि आरम्भ भएको अतिक्रमणले बेलायती उत्पीडनलाई बैधता प्रदान गर्ने दिशामा महŒवपूर्ण योगदान दिएको पाइन्छ । अभौतिक वा आत्मिक संस्कृतिका सन्दर्भमा गम्भीरतापूर्वक विचार गर्ने हो भने यसले उत्पीडनको वैधानिकीकरण वा त्यसलाई सामान्य र न्यायोचित ठहर्याउने दिशामा कसरी काम गर्छ भन्ने कुरा बुझ्न त्यति गाह्रो पर्दैन । ‘बडाले जे गर्यो काम हुन्छ त्यो सर्बसम्मत’ को रूपमा यसले कार्य गर्छ । संस्कृतिको प्रभाव ‘हेजेमोनी’का रूपमा पर्छ र यसले अन्य हतियारले भन्दा विशिष्ट ढंगले कार्य गर्छ । अंग्रेज साम्राज्यले आफूलाई आर्थिक, राजनीतिक एवं सैनिक स्तरमा मात्र विस्तारित गरेको थिएन, सांस्कृतिक स्तरमा पनि विस्तारित गरेको थियो । यसबाट बेलायती साम्राज्यवाद विचारधारात्मक स्तरमा पनि सक्रिय थियो भन्ने देखिन्छ ।
साम्राज्यवादीहरूले सांस्कृतिक रूपमा कसरी कार्य गर्छन् भन्ने विषयमा पूर्व र पश्चिम दुवैतिर गम्भीर विमर्शहरू भएका छन् र तिनले यसको अन्तर्यलाई पनि स्पष्ट गरेका छन् । नेपाली राजनीतिमा ब्रिटिसहरूको प्रभाव र भूमिकाले सांस्कृतिक रूपमा केही प्रवृत्तिहरूलाई जन्म दियो जसलाई पराधीनताको भावना, गुलामीको मानसिकता, हीनताको मनोग्रन्थी र परावलम्बन मनोविज्ञानका रूपमा उल्लेख गर्न सकिन्छ । ब्रिटिसहरूको सांस्कृतिक प्रभावको फलक विस्तृत छ । फलतः यसका प्रभावका फलकहरू पनि विस्तृत छन् तर मूलतः यसका प्रभावका मुख्य अभिलक्षणहरू यिनै हुन् ।
गोरखा भर्तीको आरम्भ ब्रिटिस साम्राज्यको रक्षाका निम्ति भएको थियो । यसको तात्कालीन आधार अंग्रेजहरूसँगको युद्धमा नेपालीहरूको पराजय थियो । अमर सिंहले नचाहेरै यसमा सहमति जनाएका थिए । यसरी गोरखा भर्ती पराजयबाट उत्पन्न घाउ थियो, जो अहिलेसम्म पनि निको भएको छैन । पराजयबाट जन्मिएको यस घाउले पराधीनताको मानसिकतालाई जन्म दियो । पराधीनताको मानसिकताले गुलामीलाई जन्म दियो । गुलामी मालिकको सेवा हो, उसप्रतिको आस्था र श्रद्धा हो, उसको सिको, त्यस अनुरूपको आचरण र व्यवहार हो । सुगौली सन्धिपछि अंग्रेजहरूको गुलामी बढ्यो । शासकहरू अंग्रेजहरूप्रति नरम बन्न थाले । जंगबहादुरको उदयपछि नेपाली शासनको केन्द्र पूर्णतः अंग्रेजहरूको ताबेदार बन्यो । राणाप्रशासनको आरम्भभन्दा अघि अंग्रेजहरूप्रति जुन आलोचनात्मक चेत थियो, त्यो राणाशासनको आरम्भ पछि पूर्णतः हरायो । ब्रिटिस भक्तिको शासकीय मनोविज्ञान तलतिर पनि सर्यो ।
सामन्तवादी संस्कृति यसका निम्ति अनुकूल थियो । कसैकसैले ‘फिरङ्गी’ भनेर आलोचना गरे पनि यसले धेरै ठूलो अर्थ राख्दैन थियो । बडालाई मान्नुपर्ने सामन्तवादी संस्कृतिले अंग्रेजहरूलाई मान्नुपर्ने सांस्कृतिक आधार प्रदान गर्यो । आखिर अंग्रेजहरू संसारका सबैभन्दा ठूलाबडा थिए । तिनलाई नमान्नु अनर्थलाई निम्त्याउनु हुन्थ्यो । सन्धिपछि यस्तो अनर्थ निम्त्याउन कोही तयार थिएन ।
लाहुरे संस्कृति गोरखा भर्ती केन्द्रको स्थापनापछि विकसित संस्कृति थियो । सुगौली सन्धिपछि नेपालमा विकसित हुन आरम्भ गरेको संस्कृतिकै एक अंगका रूपमा यो अगाडि आएको थियो जसका केही भिन्न विशेषताहरू पनि थिए । ब्रिटिस आफ्नो साम्राज्यको सुरक्षा र विस्तारका निम्ति आफूप्रति बफादार वा गुलामीको मनोविज्ञान निर्माण गर्न चाहन्थ्यो । आफ्नो सेनामा भर्ती गरिएका नेपालीहरूमा उसले सैनिक आचारसंहिताका नाममा यसको विकास गर्यो । नेपाली मनोविज्ञानले आफूलाई गुलाम र उनीहरूलाई मालिकका रूपमा स्वीकार गर्यो । यो भर्ती भएका सैनिकहरूमा ‘यस सर’ को रूपमा मात्र सीमित रहेन । यो परिवारमा सर्यो, परिवारबाट समाजमा सर्यो । यसले अंग्रेजहरूप्रतिको श्रद्धा र भक्तिलाई जन्म दियो । उनीहरूका अनेक कथाहरू कथिए र सुनाइए ।
लाहुरे संस्कृति गोरखा भर्ती केन्द्रको स्थापनापछि विकसित संस्कृति थियो । सुगौली सन्धिपछि नेपालमा विकसित हुन आरम्भ गरेको संस्कृतिकै एक अंगका रूपमा यो अगाडि आएको थियो जसका केही भिन्न विशेषताहरू पनि थिए । ब्रिटिस आफ्नो साम्राज्यको सुरक्षा र विस्तारका निम्ति आफूप्रति बफादार वा गुलामीको मनोविज्ञान निर्माण गर्न चाहन्थ्यो ।
ब्रिटिसहरू ‘गोरा’ बाट ‘देवता’ भए । यसैले लाहुरे संस्कृति भन्ने बित्तिकै गुलामीको संस्कृतिको तस्बिर अगाडि आउँछ । गोरखा भर्तीले हीनताको मनोविज्ञानलाई पनि बलियो बनायो । आफूलाई सानो वा हीन सम्झनु यसको विशेषता हो । घाम नअस्ताउने ब्रिटिस साम्राज्यको सेनामा बसेर काम गर्न थालेपछि हीन मनोविज्ञानको विकास हुन स्वाभाविक थियो । अंग्रेजहरूले योजनाबद्ध रूपमा यस भावनाको विकासका निम्ति काम गरेका थिए । यस मनोविज्ञानको विकास ब्रिटिस साम्राज्यको समग्र हित र स्वार्थहरूसँग जोडिएको थियो । यसले अंग्रेज विरोधी भावनाको विकासलाई अवरूद्ध गथ्र्याे । हीनताबोधी सांस्कृतिक मूल्यको निर्माण अंग्रेजहरू विरूद्ध उठ्न सक्ने राष्ट्रियचेतनालाई कमजोर बनाउने उपयोगी हतियार थियो । लाहुरेहरूका साथै सबै नेपालीमा यस भावनाको विकासमा अंग्रेजहरूले योजनाबद्ध रूपमा काम गरेका थिए । अंग्रेजहरू शक्तिशाली छन्, यिनीहरू विरूद्ध केही गर्न सकिन्न र यिनीहरूलाई नचिढाएर सम्बन्ध गा“स्दै अघि बढ्नुपर्छ भन्ने मानसिकताको विकास गर्न अंग्रेजहरू सफल भएका थिए ।
परावलम्बन लाहुरे संस्कृतिको अर्काे महŒवपूर्ण पक्ष हो । आफ्नै पसिना र पौरखमा जिउने नेपालीहरूमा लाहुरे हुने कुराले परावलम्बनको भावना विकास गर्न आरम्भ गर्यो । लाहुरे हुनु आकर्षक जागिर बन्यो । गाउँघरमा उसको छुट्टै मानमनितो हुन थाल्यो । उसको लवाइखुवाइ, बोलीचाली र व्यवहार सबैका निम्ति अनौठा र अनुकरणीय बन्न थाले । लाहुरे आउँदा गाउँघरका मानिस जुट्न थाले र रमाइलो गर्न सुरू गरियो । लाहुरे हुनु ठूलो कुरा भयो । मानिसका आँखामा लाहुरे बन्ने सपना सलबलाउन थाले । आमाबाबु आफ्नो छोरोलाई लाहुरे भएको देख्न चाहने भए । यसले परमुखापेक्षी संस्कृतिलाई जन्म दियो । आफ्नो ठाउँमा बसेर केही गर्नुभन्दा पराइको जागिर खाएर धन कमाउने भावनाको विकास भयो । राज्यले यसलाई नियन्त्रण गरेन, गर्ने कुरा पनि भएन । राज्य स्वयं परमुखापेक्षी संस्कृतिको बाहक थियो । आज राज्य रेमिट्यान्समा गर्व गर्छ तर जुन दिन यो आउन बन्द हुनेछ त्यसबेला के होला भन्ने कुराको सायद उसलाई हेक्का नै छैन ।
बिस्तारै–बिस्तारै ब्रिटिस सेनामा काम गर्ने सैनिकहरूको परिवार पनि उनीहरूस“ग बस्न थाले । छोराछोरीहरू उतै जन्मन थाले, उनीहरूको पालनपोषण र शिक्षादीक्षा पनि उतैतिर हुन थाल्यो । यसले वर्णशंकर संस्कृति (हाइब्रिड कल्चर) लाई ह्वात्तै बढायो । कतिपय उतैको संस्कृतिमा रमाउने भए । यसको प्रभाव नेपाली समाजमा पनि पर्यो । अंग्रेज सैनिकहरूको तुलनामा गोरखा सैनिकहरूले कम तलब र सेवा सुविधा प्राप्त गरे पनि नेपालीमा त्यो धेरै हुन्थ्योे । यसले ब्रिटिस नेपाली लाहुरे र उनीहरूको परिवारमा उपभोक्तावादलाई डरलाग्दो गरी भित्र्यायो । उपभोक्तावादसँगसँगै व्यक्तिवाद पनि आयो । त्यससँगसँगै सुखवाद (हिडोनिज्म) पनि आयो । अनेकन विकृतिहरू पनि आए । ब्रिटिस आर्मीमा काम गर्नेहरूलाई छोरी दिन तछाडमछाड हुन थाल्यो । छोरी दिन पढेलेखेको, नेपालमै जागिर खाने केटो होइन, ब्रिटिस सेनामा काम गर्ने लाहुरे नै सबैभन्दा योग्य मान्न थालियो । यसरी ‘कमाऊ र मस्ती गर’ लाहुरे संस्कृतिको एक अर्काे महŒवपूर्ण पक्ष देखिन्छ । यसैकारण कतिपय परिवारका सन्तानहरूको बिल्लिबाठ भएको पाइन्छ ।
ब्रिटिस नेपाली लाहुरे र उनीहरूको परिवारमा उपभोक्तावादलाई डरलाग्दो गरी भित्र्यायो । उपभोक्तावादसँगसँगै व्यक्तिवाद पनि आयो । त्यससँगसँगै सुखवाद (हिडोनिज्म) पनि आयो । अनेकन विकृतिहरू पनि आए । ब्रिटिस आर्मीमा काम गर्नेहरूलाई छोरी दिन तछाडमछाड हुन थाल्यो । छोरी दिन पढेलेखेको, नेपालमै जागिर खाने केटो होइन, ब्रिटिस सेनामा काम गर्ने लाहुरे नै सबैभन्दा योग्य मान्न थालियो ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)द्वारा प्रस्तावित ‘ब्रिटिस गोरखा एक्स–सर्भिसमेन्स कम्युनिटी’को अवधारणापत्रमा भनिएको छ, ‘गोरखा ब्रिगेडको अपसंस्कार र अपसंस्कृतिमा हुर्केर त्यही संस्कारमा बानी परेका भूपू सैनिकका छोराछोरीहरू पनि कुबाटोतिर लागिरहेको तथ्यप्रति हामी सबै जानकार नै छौ।’ त्यही अवधारणापत्रमा अर्काे ठाउ“मा भनिएको छ, ‘हाम्रो परिवारिक जीवन, हाम्रो समाज र राष्ट्रलाई बर्बाद पारियो, हाम्रा गाउँघरलाई रिŒाो बनाइयो । हाम्रो जातीय संस्कार र संस्कृतिलाई ध्वस्त पारियो । विदेशी भूमिमा जन्मिएर त्यहीँको संस्कारमा हुर्किएका गोरखाका सन्तान दिनदिनै अँध्यारोतर्फ धकेलिए । न त तिनको मौलिक संस्कृति नै बाँच्यो न तिनको थातथलो नै बाँकी रह्यो । ती कलिला युवायुवतीहरूलाई कहिले हङकङको संस्कार, कहिले बु्रनाइ र बेलायतको संस्कारमा घुलमिल हुनुपर्दा तिनीहरू कुसंस्कार र कुसंस्कृतितिर धकेलिएर अहिले दिशाहीन र राष्ट्रविहीन बन्न बाध्य भए ।’ गोरखा सैनिकहरूको यस यथार्थ कथनले सांस्कृतिक पीडाको मार्मिक तस्बिरलाई प्रस्तुत गर्छ ।
ब्रिटिस साम्राज्यको एक प्रमुख अभीष्ट आफू अनुकूल संस्कृतिको निर्माण गर्नु थियो । यो बेलायतसँग मात्र सम्बन्धित थिएन साम्राज्यवादसँग सम्बन्धित थियो । साम्राज्यवाद आज पनि जीवित छ । फरक यत्ति हो, केन्द्र फेरिएको छ ।
लाहुरे जीवनको आरम्भ भएपछि यसो हुनु अनिवार्य थियो । ब्रिटिस साम्राज्यको एक प्रमुख अभीष्ट आफू अनुकूल संस्कृतिको निर्माण गर्नु थियो । यो बेलायतसँग मात्र सम्बन्धित थिएन साम्राज्यवादसँग सम्बन्धित थियो । साम्राज्यवाद आज पनि जीवित छ । फरक यत्ति हो, केन्द्र फेरिएको छ । साम्राज्यवाद दीर्घकालीन दृष्टिले आफू अनुकूल संस्कृतिको निर्माण गर्न चाहन्थ्यो । लाहुरे संस्कृति त्यसकै परिणाम थियो । राष्ट्रिय चेतनालाई कमजोर बनाउँदै साम्राज्यवाद एवं उपनिवेशवादलाई सहयोग पुर्याउनु यसको अभीष्ट थियो । आज पनि लाहुरे संस्कृति यसका निम्ति अनुकूल रहेको छ । ब्रिटिस सेनाको कुरा मात्र होइन विदेशमा काम गर्ने लाखौँ नेपालीहरूमा आज जुन संस्कृतिको विकास हुँदै गरेको देखिन्छ, यसले पनि लाहुरे संस्कृतिलाई सम्झाउँछ । लाहुरे जन्माउने देशमा नेपाल दरिनु एक दुखद विडम्वना हो ।
भोलि गोरखा भर्ती सकिएला तर यसका सांस्कृतिक प्रभावहरू लामो समयसम्म रहनेछन् । गोरखा भर्ती राष्ट्रिय स्वाभिमानमा आँच थियो, राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्तालाई सीमित गर्ने उपक्रम थियो, यो नेपालको औपनिवेशीकरणको प्रक्रिया थियो । यही कारण नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको आरम्भमै यसको खारेजीको माग गरेको थियो । तर, राज्यले अर्काका निम्ति गरिएको यस अपमानजनक सम्झौतालाई कहिल्यै अन्त्य गर्ने साहस गरेन । अंग्रेजहरू भारत छोडेर जाँदा यसले अर्काे सम्झौतामा ल्याप्चे लगायो । समय स्वयंले आज लाहुरेहरूमा जागृति ल्याएको छ । उनीहरू जागरूक बनेका छन् । उनीहरूले गोरखा भर्तीले बनाएको घाउलाई निको पार्न लामै संघर्ष गर्नुपर्ने छ र यस संघर्षलाई आजको साम्राज्यवाद विरोधी संघर्षका साथसाथै राष्ट्रियता र जनतन्त्रका निम्ति चल्ने आन्दोलनस“ग जोड्नु पर्नेछ ।