विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या घट्दै, २४ घण्टामा ३,२७९ को मृत्यु

विश्वका ४२ लाख ५१ हजार संक्रमितमध्ये १५ लाख २५ हजार निको


३० बैशाख २०७७, मंगलवार

काठमाडौं, ३० बैशाख । विश्वका सबैजसो देशहरुको अनेकन सुरक्षा उपाय र सतर्कताका कारण लामो समयपछि विश्वभर कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या केहि ओरालो लाग्न थालेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाबाट तीन हजार २७९ को मात्रै ज्यान गएको छ । संक्रमितको संख्या पनि तुलनात्मक रुपमा घट्न थालेको वल्र्डओमिटरले जनाएको छ ।

कोरोनाले सबैभन्दा आक्रान्त बनाएको अमेरिका, बेलायत, स्पेन, इटाली, फ्रान्सलगायतका देशमा विगत केही दिनदेखि कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आउन थालेको वर्ल्डओमिटरले जनाएको छ ।

सोमबार विश्वभर ७३ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर दुई लाख ८७ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । संक्रमितको संख्या ४२ लाख ५१ हजार नाघेको छ ।

अहिलेसम्म विश्वरभ १५ लाख २५ हजार भन्दा धेरै संक्रमित उपचारपछि ठिक भएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोनाबाट ९९९ जनाको मात्रै ज्यान गएको छ । कोरोना संक्रमणबाट सबैभन्दा धेरै मृत्यु हुने मुलुक अमेरिका हो । त्यहाँ अहिलेसम्म मृतकको संख्या ८१ हजार ७ सय ८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ३९६, फ्रान्समा २६३, बेलायतमा २१०, स्पेनमा १२३, इटालीमा २७९, क्यानाडामा १२३, मेक्सिकोमा ११२, रुसमा ९८, जर्मनीमा ९२ जनाको मृत्यु भएको छ ।
सोमबार अमेरिकामा १८ हजार १०७ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै बेलायतमा ३८ सय ८७, स्पेनमा ३४ सय ८०, रुसमा ११ हजार ६ सय ५६, इटालीमा ७ सय ४४, फ्रान्समा ४५३, जर्मनीमा ६९७, ब्राजिलमा ५६ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् ।

छिमेकी देश भारतमा गएको २४ घण्टामा कोरोना संक्रमणबाट ८२ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको संख्या दुई हजार २९४ पुगेको छ । सोमबार एकै दिन त्यहाँ ३६ सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यहाँ संक्रमितको संख्या ७० हजार ७६८ पुगेको छ ।

भारतमा अहिलेसम्म २२ हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् । पाकिस्तानमा गएको २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या ६६७ पुगेको छ । संक्रमितको संख्या ३० हजार ९ सय ४१ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७