अमेरिकामा तीन महिनामा डेढ लाखको कोरोनाबाट मृत्यु हुनसक्ने चेतावनी


३१ बैशाख २०७७, बुधबार
America

काठमाडौं, ३१ बैशाख । अमेरिकामा आगामी अगस्त महिनाको शुरुवातसम्ममा एक लाख ४७ हजार मानिसको मृत्यु हुनसक्ने एक अध्ययनले देखाएको छ ।

युनिभर्सिटी अफ वासिंगटन इन्ष्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुसन (आईएचएमई) ले कोरोना संक्रमणका कारण अगस्तको शुरुवातसम्ममा मृत्यु हुनेको संख्या एक लाख ४७ हजार नाघ्ने जनाएको हो ।

आईएचएमईको मंगलवार सार्वजनिक प्रतिवेदनका अनुसार अमरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको पूर्व अनुमानमा यो १० हजारले बढी हो ।

यसैगरी अनुसन्धानकर्ताहरुले संक्रमण रोक्नका लागि गरिएको लकडाउनलाई खेलाँची गर्दा खतरा झन् बढ्ने चेतावनी पनि दिएका छन् ।

अमेरिकामा अहिलेसम्म ८३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यो प्रतिवेदनले पनि अमेरिकामा संकट झन् गहिरिँदो देखाउँदै छ । यसअघि अमेरिकी राष्ट्रपतिका प्रमुख स्वास्थ्य सल्लाहकारले पनि लकडाउन खोल्नु हतार हुन र यसले ठूलो जोखिम निम्त्याउने चेतावनी दिएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७