सरकारले फजुल खर्च घटाएर चालू खर्चको आकार कम गर्ने


२ जेष्ठ २०७७, शुक्रबार
bidyadevi bhandari
sf7df8f}F, @ h]7M /fi6«klt e08f/Laf6 gLlt tyf sfo{qmd k|:t’t ;/sf/sf] cfly{s jif{ @)&&÷)&* sf] gLlt tyf sfo{qmd k|:t’tsf nflu ;+;b ejg gofFafg]Zj/df z’qmaf/ /fi6«klt ljBfb]jL e08f/L . ;fydf /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gf . t:jL/M k|bLk jGt÷ /f;;

काठमाडौं, २ जेठ । सरकारले आगामी आर्थिक वर्षमा फजुल खर्च घटाएर चालू खर्चको आकार कम गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघ र स्थानीय तहले गर्ने खर्च नदोहोरिने गरी विनियोजन गर्ने घोषणा गरेकी हुन् ।

चालू आर्थिक वर्षको कूल बजेटमध्ये झण्डै दुई तिहाई बजेट चालू खर्चका लागि विनियोजन हुँदै आएको छ । सरकारले आगामी आर्थिक वर्षमा खर्चको स्रोत व्यवस्थापनमा आन्तरिक पूजीको प्रयोग बढी गर्ने घोषणा समेत गरेको छ ।

कोरोनाका कारण प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दिने नीति तथा कार्यक्रममा उल्लेख छ । औद्योगिक कार्यहरु सुचारु गर्दै अर्थतन्त्रलाई गति दिने तथा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाईने राष्ट्रपति भण्डारीद्वारा घोषणा भएको नीति तथा कार्यक्रमा उल्लेख छ ।

यस्तै कृषि उत्पादन र बजारीकरणमा आधुनिकिकरण गर्ने उहाले बताउनुभयो । कृषि उत्पादनलाई अबको १० वर्षमा अहिलेको भन्दा दोब्बर बनाउने लक्ष्य लिएको उहाले बताउनुभयो ।

उनले कृषिको व्यवसायीकरणका लागि कृषि पूर्वाधार विकासका लागि आउँदो वर्षका लागि ठूलो लगानी गर्न लागिएको बताए । कृषिलाई व्यवसायीकरणका लागि पूर्वाधाधार विकास अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । 

यस्तै देशभित्र रहेका खनिज तथा पेट्रोलियम पदार्थको उत्खनन्मा जोड दिईने पनि नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । अब सरकारले देशभर भएका खानीको उत्खनन गर्ने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७