पाम तेलपछि भारतले रोक्यो नेपालको मुख्य सिजनकै चिया निर्यात


११ जेष्ठ २०७७, आईतवार
tea garden Ilam Nepali pretty girl

काठमाडौं, ११ जेठ । भारतले सीमा विवादको रिस नेपालको कृषि उत्पादन निर्यात रोकेर लिन थालेको छ ।

केहि दिनअघिदेखि नेपालमा उत्पादित पाम तेल निर्यातमा अवरोध सिर्जना गरेको भारतले अहिले दुई पक्षीय सम्झौता विपरीत एकाएक नेपालमा उत्पादित चियामा रोक लगाएको छ ।

भारतले वर्षौदेखि अतिक्रमण गरेको, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूमि समेट्दै नेपालले देशको नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले विस्तारै नेपालमा अवरोधहरु सिर्जना गर्न थालेको छ ।

लकडाउनको समयमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुको आयात–निर्यातमा कुनै रोकावट नहुने समझदारी भए पनि भारतले नेपालमा उत्पादिन चिया निकासीमा रोक लगाएपछि नेपालका चिया किसान र उद्योगीमा चिन्ता बढेको छ ।

वर्षकै सबैभन्दा गुणस्तरीय र बढी मूल्य हात पर्ने चिया निर्यात रोकेपछि निकासी निर्वाध रुपले हुने वातावरण सिर्जनाका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र काटेको छ ।

‘नेपालबाट विगतदेखि भारततर्फ निकासी हुँदै आएको नेपालमा उत्पादिन चिया कोभिड–१९ को कारण दुवै देशमा बन्दाबन्दी गरिएको वर्तमान अवस्थामा विभिन्न वहाना देखाई भारतीय भन्सारमा रोकिएको हुँदा समस्या उत्पन्न भएको भनी राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट आवश्यक सहजीकरणको लागि अनुरोध भई आएको छ’, पत्रमा लेखिएको छ, ‘बन्दाबन्दीको विषम परिस्थितिमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुहरुको आयात निर्यातमा कुनै रोकावट नहुने समझदारी अनुरुप भारतबाट नेपालतर्फ भारतीय वस्तुहरु नियमित आयामत भइरहेको तर नेपालमा उत्पादिन चियाको हकमा भारततर्फको निकासीमा समस्या देखिएको बुझिन आएकोले नेपालमा उत्पादित चियाको भारतमा हुँदै आएको निकासीमा देखिएको अवरोध हटाउने व्यवस्थाका लागि त्यहाँमार्फत् भारत सरकारको सम्बन्धित निकायमा पत्राचार गरिदिने व्यवस्थाका लागि नेपाल सरकार (सचिवस्तर) को मिति २०७७–२–१ को निर्णयअनुसार अनुरोध छ ।’

भारतले चिया निर्यात रोकेपछि पूर्वका विभिन्न जिल्लामा अन्य खेतीबाली मासेर चिया खेती गरेका किसान र उद्योगी चिया बिक्रीमा समस्या आउने होकी भनेर झस्किएका छन् ।

nepal india 20200524102744

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७