धबाङमा लकडाउनमै धमाधम सडक निर्माण हुँदै


१२ जेष्ठ २०७७, सोमबार
thawang basi

रोल्पा, १२ जेठ । लकडाउनको अवधीमा रोल्पामा भने स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सडक निर्माण कार्यले तीव्रता पाएको छ ।

रोल्पा नगरपालिका–१० धबाङमा सडक निर्माणमा स्थानीयले नै कुटो कोदालोको प्रयोग गरी सडक निर्माण गरिरहेका छन् । स्थानीय पूर्वाधार विकास कार्यक्रमको १० लाख बजेट रहेको मौरीखोला–बासिन्धारा सडक यस वर्षपनि स्थानीयले निर्माण गरिरहेका छन् ।

अघिल्लो वर्षपनि स्थानीयले नै खनेको यो सडक यस वर्षपनि उनीहरु मार्फत नै निर्माण थालिएको हो । स्थानीयको सहभागितामा सडक निर्माण गर्दा भू–क्षय लगायतका प्राकृतिक क्षति पनि कम हुने र जनताले पनि रोजगारी पाउने भएकाले यो वडाले यस्तो निर्णय गरेको हो ।

यस वर्ष कोरोना भाइसको कारण बैदेशिक रोजगारी तथा अन्य क्षेत्रमा काम गर्न जानेहरु पनि घरमै बसेकाले अन्य योजना पनि जनताकै सहभागितामा निर्माण गर्ने तयारी वडा कार्यालयले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७