फेरि ६ जनामा कोराना, नेपालमा संक्रमितको संख्या ६८२ पुग्यो

कोरोनाबाट चौंथो व्यक्तिको मृत्यु भएको पुष्टि, ११२ संक्रमित निको


१२ जेष्ठ २०७७, सोमबार
bikash devkota

काठमाडौं, १२ जेठ । नेपालमा थप सात जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । अछामका ३२ वर्षीय एक जना, बर्दीयाका तीन जना र पर्साका दुई जनामा कोरोना संक्रमण देखिएको हो ।

हालसम्म विभिन्न अस्पतालमा उपचार गराएर ११२ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो ।
बाराको करैयामाई गाउँपालिका–७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । तर सोमबार विहान उनको कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७