भारतमा एकै दिन ५,८४३ नयाँ कोरोना संक्रमित थपिए, १७२ को मृत्यु


१४ जेष्ठ २०७७, बुधबार
korona india 6

काठमाडौं १४ जेठ । छिमेकी देश भारतमा कोरोना संक्रमणले तीब्र रुपमा लिइरहेको छ । भारतमा हालसम्म कोरोना भाइरसबाट डेढ लाख मानिसले ज्यान गुमाइसकेका छन् ।

भारतमा अहिलेसम्म एक लाख ५० हजार सात सय ९३ जना संक्रमित भएका वर्ल्डओमिटरले जनाएको छ । मंगलबार त्यहाँ ५ हजार ८ सय ४३ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा अहिलेसम्म ६४ हजारभन्दा धेरै उपचारपछि निको भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । संक्रमणबाट मंगलबार भारतमा १७२ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या ४ हजार ३४४ पुगेको छ ।

पछिल्लो समय संक्रमण उच्च हुने मुलुकमा अमेरिका, ब्राजिल र रुसपछि भारत छ । त्यसपछि क्रमशः पेरु, बेलायत, चिली, मेक्सिको, कतार, इरान लगायतका मुलुकमा संक्रमणदर उच्च देखिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७