भारतबाट आई सेती अस्पतालको आइसोलेसनमा भर्ना भएका एकको मृत्यु


१४ जेष्ठ २०७७, बुधबार
Seti Hospital

कैलाली, १४ जेठ । भारतबाट आएर कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–७ का ५० वर्षीय पुरुषको आज (बुधबार) बिहान मृत्यु भएको हो । उनी मंगलबार भारतको महाराष्ट्रबाट आई सोही दिन साँझ सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

‘भारतबाट आएको, त्यसैमाथि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो,’ अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भने, ‘उहाँलाई हिँजो साँझ भर्ना गरियो, आज बिहानै निधन भयो ।’

श्रेष्ठका अनुसार मृतकको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । उनमा कोरोना थियो कि थिएन भनेर पत्ता लगाउन पीसीआर परीक्षणको लागि स्वाब संकलन समेत गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७