रहेनन् गीतकार रत्नसमशेर थापा


१५ जेष्ठ २०७७, बिहीबार
rana sansher

काठमाडौं, १५ जेठ । गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । आज (बिहीबार) साढे ११ बजेतिर थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ । ८२ वर्षीय थापालाई श्वास फेर्न असजिलो भएपछि हिजो अस्पताल भर्ना गरिएको थापाका साडुभाइ शिव आचार्यले जानकारी दिएका छन् ।

केही समयअगाडि थापा कुकुर डुदाउने क्रममा चिप्लिएर लडेका थिए । नशा च्यापिएपछि गत वर्षको माघ २८ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उनको अपरेसन गरिएको थियो । त्यसयता उनी घरमै आराम गरिरहेका थिए ।

थापाद्वारा रचित ‘जाग लम्क चम्क हे…’, ‘ए कान्छा ठट्टैमा यो वैंस जान लाग्यो…’, ‘घुम्तीमा नआउ है…, ‘उकारी ओरालो गर्दै…’ ‘विछोडको पीडा नसकी खप्न’ लगायतका दर्जनौं गीत लोकप्रिय छन् । नारायण गोपालले गाएका शुरुवाती गीतहरु धेरैनसो उनले नै लेखेका थिए । थापाका श्रीमती र २ छोरा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७